Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

सुस्मिताको पनि ब्रेकअप


एजेन्सी। हिजोआज बलिउडमा ब्रेकअपको समाचार अलि कम आउन थालेको मात्र के थियो नायिका सुस्मिता सेनको ब्रेकअपको खबर 'हट केक' बन्न पुग्यो।
करिब पाँच महिना लामो सम्बन्ध पश्चात नायिका सुस्मिता सेन र पाकिस्तानी क्रिकेटर वासिम अक्रमले आफ्नो सम्बन्धको अन्त्य गरेका बताइन्छ।


पछिल्लो पाँच महिना चलेको अफेरमा यी दुईले आफ्नो सम्बन्धको बारेमा निकै सिरियस रहेको र निकट भविष्यमा एकसाथ रहने सोच बनाएका थिए तर पाँच महिनैमा एकाएक यिनीहरुको सम्बन्ध विच्छेद हुन पुग्यो।
स्रोतका अनुसार सुस्मिताको आइपीएलका चिफ ललित मोदीसागको बढ्दो निकटताका कारण यी दुई छुट्टिएका हुन्। तर अर्कोतर्फ सुस्मिताले पाकिस्तानमा बस्न मानेकी थिइनन् भने वासिमले भारतमा। त्यसैले दुवैजना दुबईमा बस्ने सोच बनाएका थिए। तर समय बित्दै जाादा सुस्मितालाई भारत छोडी दुबई गएर बस्न मन लागेन। त्यस्तै २००९ मा वासिमकी पत्नीको मृत्यु भएपछि शोकमा डुबेका वासिमले सुस्मिताको साथ पाएका थिए। आफ्नी पत्नीको मृत्युपश्चात एक्लो भएका वासिम सुस्मिताको साथ पाएर निकै खुसी देखिन्थे तर त्यो खुसी क्षणिक रहन पुग्यो। ग्लामर दुनियाँमा हराएकी सुस्मितासाग क्रिकेटको दुनियाँमा रमाएका वासिमलाई भिज्न गाह्रो त थियो नै तर पनि एक्लो जिवन बाँच्न गाह्रो हुने हुँदा सुस्मितासाग सम्बन्ध विस्तार गर्न खोजे तर यी दुईको जोडी धेरै दिन टिक्न सकेन। यद्यपि आफूहरुको सम्बन्ध केवल साथीको मात्र भएको बताउँदै आएका यी जोडी अब छुट्टिएका छन्।

Comments :

0 comments to “सुस्मिताको पनि ब्रेकअप”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger