प्रेमकुमारी घले
लमजुङ, भाद्र ४ - जिल्ला एक दु्र्गम गाउँका एक बालक आफ्नै खर्चमा अन्तरराष्ट्रिय स्तरको कराँते प्रतियोगितामा भाग लिन भारत गएका छन ।नौथर गाउँ विकास समिति वडा नम्बर २ शेराका बकनसिङ गुरुङ र केश कुमारीका १६ बर्षीय छोरा प्रकाश गुरुङ कराते प्रयोगितामा भाग लिन आफ्नै खर्चमा भारत गएका हुन । सामन्य परिवारका गुरुङले अन्यत्र कतैबाट पनि सहयोग नपाए पछि आफ्नै खर्चमा विहीबार त्यसतर्फ प्रस्थान गरेका हुन । शनिबारबाट छिमेकी देश भारतको राजस्थानस्थित उदयपुरमा शुरु हुने 'अर्न्तराष्ट्रिय कराते प्रतियोगिता २०१०' मा लमजुङका प्रकाशसहित नेपालका ६ जना कराते खेलाडीले भाग लिने छन । विभिन्न देशका प्रतियोगिहरुले भाग लिने उक्त प्रतियोगितामा प्रकाशले ५५ केजी तौल समुहमा प्रतिस्पर्धा गर्ने छन् । सानै उमेरदेखि करातेमा रुची राख्ने प्रकाशले यस अघि नसिर खान कराते प्रतियोगितामा दुई पटक प्रथम र राष्ट्रव्यापी कराते प्रतियोगितामा तेस्रो स्थान हासिल गरिसकेका छन् । तीन बर्षदेखि सदरमुकाम बेसीशहरमा प्रशिक्षक चुन्नु गुरुङसंग करातेको प्रशिक्षण लिइरहेका प्रकाशले भविश्यमा करातेको कुशल खेलाडी बनेर देशको नाम राख्ने लक्ष्य राखेका छन । प्रशिक्षक गुरुङले प्रकाशले अर्न्तराष्ट्रिय प्रतियोगितामा पनि राम्रो स्थान हासिल गर्ने अपेक्षा गरेको बताए ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “आफ्नै खर्चमा कराते खेल्न विदेश”
Post a Comment