Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

'नाइँ नभन्नू ल' कस्तो?


काठमाडौं, भदौ ४ फिल्म लेखक विकास आचार्यले निर्देशन गरेको फिल्म 'नाइँ नभन्नू ल'को बिहीबार राजधानीको गोपीकृष्ण हलमा प्रिमियर गरियो। जीवन लुइँटेल, सुमन सिंह, ऋचासिंह ठकुरी, मिथिला शर्मालगायतका कलाकारले अभिनय गरेको यो फिल्म शुक्रबार देशभर रिलिज हुँदैछ। फिल्म हेरेर निस्किएका केही फिल्मकर्मीले नागरिकसँग गरेको टिप्पणी:
प्रयास राम्रोः शिव रेग्मी, निर्देशक
फिल्ममा सबैको प्रयास राम्रो छ। यो चर्चा हुने फिल्ममै पर्लाजस्तो लाग्छ मलाई। निर्देशक भएर मैले यो फिल्म हेरिन। दर्शकको रूपमा हेर्दा धेरै कमेन्ट गर्नुपर्ने ठाउँ देख्दिन। स्क्रिप्ट लेखकले निर्देशकन गरेको फिल्म हो। उनको प्रयास राम्रो छ। फिल्म क्षेत्रबाटै आएका मान्छेले निर्देशन गर्दा राम्रो हुन्छ भन्ने संकेत विकासजीले पनि देखाउनु भएको छ।
पटकथा घुमेनः श्रीकृष्ण श्रेष्ठ, अभिनेता
फिल्म प्रेमकथामा आधारित रहेछ। मलाई त्यो मन पर्‍यो। केही नयाँ गर्न खोजिएको छ। त्यो कोसिसको म प्रशंसा गर्छु। मलाई गीत राम्रो लाग्यो। व्यवसायिक रूपमा फिल्म हिट हुन सक्छ। मैले क्रिटिकल्ली फिल्म हेरिन। त्यसैले धेरै आलोचना गर्ने ठाउँ देखेको छैन। पटकथा त्यति घुमेको छैन। यो पक्ष मलाई अलिक खड्कियो। लेखकबाटै निर्देशक हुनुभएकोले मैले उहाँबाट अलि आशा गरेको थिएँ। ट्रयाक चेन्ज गर्ने ठाउँ प्रशस्त हुँदा पनि फिल्म सिधा अगाडि बढ्यो। धेरै कमेन्ट के गर्नु, मलाई क्यामेराम्यानको काम चित्त बुझ्यो।
छुटफुटबाट मुक्त छैनः राजवल्लभ, अभिनेता
फिल्म हेरुन्जेल आनन्द लाग्यो। संवाद स्तरीय र अर्थपूर्ण छ। हिरोइन नयाँ छिन् र उनको काम नयाँकै जस्तो छ। अभिनय स्वभाविक छैन। तर, उनको भूमिका नै यस्तो हुँदै जान्छ कि पछि त्यस्तै अभिनय पनि सुहाउँछ। उनलाई कारुणिक भूमिका दिएर ठीक गरेको जस्तो लाग्यो मलाई। यो फिल्मको राम्रो पक्ष संगीत र 'स्टोरी टेलिङ' हो। नेपाली फिल्ममा देखिने छुटफुट गल्तीबाट यो फिल्म पनि मुक्त भने छैन। त्रुटी यसमा पनि औल्याउन सकिने खालका छन्। तर, राम्रो पक्षले जितेको जस्तो लाग्यो मलाई। फिल्मको सबल पक्ष त स्क्रिप्ट नै हो।
सरोज खनाको याद दिलायोः विजयरत्न तुलाधर, निर्देशक/सञ्चारकर्मी
मेहनतका साथ वनाएको जस्तो लाग्छ फिल्म। छायांकन, गीत, संगीत र नृत्य यसको आकर्षक पक्ष हो। हिरो जीवन लुइँटेलले सरोज खनालको याद दिलाए। खनालको रिक्तता पूरा गर्ने खुबी देखेँ उनमा। नयाँ हिराइनको लागि खुशीको कुरा हो कि उनले पहिलो फिल्ममै यति ठूलो रोल पाइन्। र, दुःखको कुरा उनले भूमिकालाई न्याय गर्न सकिनन्। स्थापित हुन अझै निकै मेहनत गर्नु जरुरी छ। यो फिल्मको कथा झिनो लाग्यो। फिल्म लेखेरै निर्देशक बनेका विकास आचार्य पटककथामै नराम्रोसाग चुकेका छन्। एकैखालको संवाद र लोकेसनले मनोटोनस गराउँछ। एउटै कुरा तन्काएकोले फिल्म आशा गरे अनुरुपको लागेन। बलियो कथा छानेको भए हुन्थ्यो, उनी यसमै चुके।

Comments :

0 comments to “'नाइँ नभन्नू ल' कस्तो?”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger