पत्रकारमाथि सांघातिक आक्रमण गरी सख्त घाइते बनाइएको विषयलाई लिएर कानुनी कारवाहीको माग गर्दै जाहेरी दर्ता गर्न गएका पत्रकारहरुप्रति गरिएको दुव्र्यवहार प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल पत्रकार महासं केन्द्रीय समितिले एक प्रेस विज्ञप्ति प्रकाशित गरी दोषीमाथि कारवाहीको माग गरेको छ ।महासंघका उपाध्यक्ष गोविन्द आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ समाचार संकलनका क्रममा रहेका धरानबाट प्रकाशित फास्ट टाइम्स दैनिकका पत्रकार लीलानाथ घिमिरेलाई गत साउन ३० गते कोशी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मिङमार लामाको निर्देशनमा थमन गुरुङसहितका व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको घटनाका दोषीहरुमाथि कडा कारवाहीका लागि नेपाल पत्रकार महासंघले आवाज उठाउादै आएको छ । यसैक्रममा यही भाद्र ४ गते दोषीहरुलाई कानुनी कारवाहीका लागि धरानस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन गएका पत्रकारहरुप्रति गरिएको दुव्र्यवहार एवम् जाहेरी दर्ता नगरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।धरानको शिवमार्गस्थित हिलगार्डेन रेष्टुरामा कोशी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मिङमार लामा मादक पदार्थ सेवन गरी राति अवेरसम्म उच्छृङ्खल गतिविधि गरिरहेको सूचना स्थानीयबासीबाट प्राप्त भएपछि समाचार संकलनका लागि राति करिव १२:०० बजे उक्त रेष्टुरेण्टमा पुगेका पत्रकार घिमिरेमाथि एसएसपी मिङमार लामाको निर्देशनमा थमन गुरुङसहितका व्यक्तिहरुले एक्कासि धारिलो हतियारसहित आक्रमण गर्दा उहाा गम्भीर घाइते भई हालसम्म पनि धरानस्थित वीपि कोइराला अस्पतालमा उपचार भइरहेको छ । आमनागरिकको सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको नेपाल प्रहरीका जिम्मेवार अधिकृतको संलग्नतामा पत्रकारको ज्यानै लिने उद्देश्यवाट भएको यस किसिमको आक्रमणको घटना प्रेस स्वतन्त्रतामाथिको नांगो आक्रमण हो । पत्रकारमाथिका आक्रमणकारीलाई कानुनी कारवाहीका लागि पत्रकारहरुले जाहेरी दरखास्त बुझाउन जादा दर्ता नगरिनुले घटनालाई थप रहस्यपूर्ण बनाएको छ । नेपाल पत्रकार महासंघ पत्रकार घिमिरेमाथि भएको सांघातिक आक्रमणमा प्रत्यक्ष वा अप्रत्यक्षढंगले संलग्न सबै दोषीहरुलाई कारवाहीका लागि दायर गरिएको जाहेरी तत्काल दर्ता गरी दोषीहरुलाई पक्राउ गरी कडा कारबाही गर्न, घाइते पत्रकारको उपचारको व्यवस्था मिलाउन र पत्रकारको सुरक्षामा संवेदनशील हुन सरकारसाग पुनः आग्रह गर्दछ । अन्यथा महासंघ उक्त घटनाको विरोधमा देशव्यापी संघर्षमा उत्रन बाध्य हुने पनि जानकारी गराउदछौं ।
Browse » Home » » पत्रकार महासंघद्वारा दोषीमाथि कारवाहीको माग









Nepalese Rupee Converter
_________________________
__________________________
___