Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

ताप्लेजुङमा पहिरोमा परी तीन बेपत्ता


ताप्लेजुङ-निरन्तररूपमा भइरहेको अविरल वर्षाले गर्दा ताप्लेजुङको सादेबा गाविसमा गएराति पहिरोले तीनवटा घर बगाएका छन् भने एकै परिवारका तीनजना बेपता भएका छन् ।
बेपत्ता हुनेमा ६५ वर्षीय आप्पाहाङ सेलिङ, उनका ६३ वर्षीया श्रीमती सुकानी सेलिङ र उनीहरूका एक बालिका रहेको ताप्लेजुङका प्रजिअ ईश्वरराज रेग्मीले जानकारी गराउनुभयो ।सदरमुकामदेखि १७ कोस टाढा पर्ने उक्त स्थान पाँचथरको सिमानासँग जोडिएको छ ।

सो गाविसको वडा नं १, ३, ४ र ५ अतिजोखिममा रहेको र हाल चारजना विस्थापित भएका छन् भने वर्षा अहिले पनि जारीरहेकाले थप क्षति हुने सम्भावना बढेको छ ।उनीहरूलाई उद्धार गर्नका लागि सुरक्षाकर्मी परिचालन भइसकेको प्रजिअ रेग्मीले बताउनुभयो ।

पहिरो गएको सबभन्दा नजिकको सातलाखु प्रहरी चौकीबाट खटिएका सातजनाको प्रहरीलाई उक्त स्थानमा पुग्न सात घन्टा लाग्छ भने छिनाङबाट खटिएका १३ जनाको सशस्त्र प्रहरीको टोलीलाई त्यहाँ पुग्न १० घन्टा लाग्ने जानकारी उहाँले गराउनुभयो ।

प्रभावित परिवारका लागि खाद्यान्न, आवश्यक भाँडाकुँडा, पाललगायतको व्यवस्था गरी रेडक्रसका साथै सुरक्षाकर्मी तयारी अवस्थामा रहेको प्रजिअ रेग्मीले बताउनुभयो ।

Comments :

0 comments to “ताप्लेजुङमा पहिरोमा परी तीन बेपत्ता”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger