Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

‘सिमरा जान भन्दाभन्दै चालक काठमाडौं आउन चाहे’


काठमाडौ, भाद्र ९ – काठमाडौंबाट उडेको १५ मिनेटमै चालक दलले लुक्लाको मौसम खराब भएको जानकारी पाएको थियो जतिबेला जहाज रामेछापको उत्तरतर्फ ३५ नटिकल माइलमा पुगेको थियो ।
उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार चालकलाई काठमाडौं आउन १६ नटिकल माइल दक्षिण पुगेर राजधानी अवतरणको प्रवेश विन्दु र्‍याडियल २०२ समात्न टावरले आग्रह गरेको थियो


। जहाज यन्त्रात्मक (आईएफआर) उडानमा थियो । तर जहाज त्यहाँ पुगेर दुर्घटना भयो जहाँ र्‍याडियल २०२ को विन्दु पुग्न अझै २ माइल बाँकी थियो ।
लुक्लाको मौसम खराब देखिएपछि काठमाडौं र्फकन भनिएको विमानस्थलका हवाई ट्राफिक सेवाका विमलेश कर्णले बताए । ‘पछि काठमाडौंमा पनि मौसम बिगि्रएपछि सीधा रुटको सट्टा सिमरा जान निर्देशन दिएका थियौं,’ उनले भने । त्यसका लागि जहाजलाई रुट परिवर्तन गरी पूर्वतर्फ १६ माइल अगाडि घुमेर ११ हजार ५ सय फिटको उचाइमा जान टावरले निर्देशन गरेको थियो । तर, करिब ८ माइल पुगेपछि चालकले मौसम सफा देखिएको भन्दै सीधा रुटबाट काठमाडौं र्फकन चाहेको बताएको कर्णले जानकारी दिए ।
‘त्यसपछि जहाज कहाँ/कस्तो अवस्थामा छ भनेर हेर्न सकिएको थिएन,’ उनले भने, ‘जहाज राडारको परिधिभन्दा बाहिर गएकाले दुर्घटना हुनबाट जोगाउनका लागि पहल गर्न सकिएन ।’ जानकारहरूले जेनेरेटर र ब्याट्रीले काम नगर्दा चालक अप्ठ्यारोमा परेर अत्तालिएको अनुमान गरेका छन् ।
अगाडि हेर्दै गरिने उडान (भीएफआर) का लागि मौसम सफा हुनुपर्छ । ‘मौसम सफा भएको भए जेनेरेटर र ब्याट्रीले राम्रो काम नगरे पनि अगाडि हेर्दै जहाज गन्तव्यमा पुर्‍याउन सकिन्थ्यो,’ ती जानकारले भने । अगाडि जान नसक्ने अवस्था आएपछि सम्म ठाउँमा अवतरणको प्रयाससमेत चालकले गर्न सक्छन् । ‘घटनाको प्रकृति हेर्दा त्यसलाई पनि नकार्न सकिँदैन,’ उनले भने ।
उद्धारमा गएको फिस्टेल एयरका प्रबन्ध निर्देशक सुमन पाण्डेका अनुसार उचाइबाट जहाज सीधै तल खसेको देखिन्छ । दुर्घटनामा परेको डोर्नियर दुईवटा इन्जिन हुने जहाज हो । एउटा इन्जिनले काम नगरे पनि सीधा दुर्घटना हुँदैन । कतिपय अवस्थामा दुवै इन्जिनले काम नगरे पनि तैराएर नजिकको विमानस्थल पुर्‍याउन सक्ने प्रविधि जहाजमा हुन्छ । ‘मुख्य कारण पत्ता लगाउन जाँचबुझ समिति गठन भएको छ,’ एयरका बजार प्रबन्धक प्रमोद पाण्डेले भने, ‘प्रतिवेदन आधारमा मात्र कारण भन्न सकिन्छ ।’
नेपाली आकाशका अधिकांश विमान दुर्घटना खराब मौसममा चालकले बाटो बिराउँदा पहाड वा अन्यत्र ठोक्किएर (सीएफआईटी) हुने गरेको छ । तर मंगलबारको दुर्घटना भने योभन्दा केही फरक देखिएको छ । सम्म ठाउँमा पुगेर जहाज थचारिएको छ ।

दुर्घटनामा मुख्य तीन कारण अनुमान गरिएको छ । ‘खराब मौसम यसमा मुख्य जिम्मेवार छ, त्यसमाथि जहाजमा कुनै प्राविधिक समस्यासमेत भएको हुनसक्ने आधार देखिएको छ,’ एक अनुभवी चालक भन्छन्, दुईमध्ये एउटामात्र भएको भए दुर्घटना नहुन पनि सक्थ्यो ।’
चालकले विमानस्थल टावरसँग सम्पर्क गर्दा ब्याट्रीमा समस्या भएको जनाएका थिए । जेनेरेटरले राम्रो काम नगरेपछि ब्याकअपका रूपमा राखिएको ब्याट्री सञ्चालनमा ल्याइन्छ । ‘ब्याट्रीले राम्रो काम नगरेकाले सञ्चार सम्पर्कमा राम्ररी कुरा हुन नसकेको चालकले बताएका थिए,’ विमास्थल स्रोतले भन्यो ।
नेपाली आकाशमा प्रायः अनुभवी र साहसी चालकसमेत दुर्घटनामा पर्दै आएका छन् । यो दुर्घटनाका चालक लक्ष्मणप्रसाद शाह (लक्की) ३० वर्ष उडान गरिसकेका अनुभवी हुन् । ‘विजय गिरी, बीपीन मिश्रलगायत धेरै अनुभवी चालक पनि दुर्घटनामा परेका छन्,’ उड्डयन क्षेत्रका एक जानकारले भने ।
खराब मौसममा उडान गर्न सक्ने चालकलाई साहसीका रूपमा चित्रण गर्ने तर मौसम वा अन्य कारणले डाइभर्ट गर्ने चालकलाई वायु सेवा कम्पनीले ‘इफिसियन्ट’ को दर्जामा नराख्ने गुनासो पनि उनले गरे । ‘डाइभर्ट गरेर काठमाडौं अवतरण गर्दा विमानस्थलमै व्यवस्थापनले सस्पेन्ड गरिएको पत्र चालकलाई थमाएको घटनासमेत छ,’ उनले भने, ‘तिनै चालक क्याप्टेन मिश्रले २००२ मा जोमसोमबाट पोखरा आउने क्रममा उडाएको सांगि्रला एयरको जहाज दुर्घटनामा परेको थियो ।’



जाँचबुझ समिति
सरकारले दुर्घटनाबारे छानबिनका लागि विमानस्थलका उड्डयनविद् कुमारप्रसाद चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी ६५ दिनको अवधि दिएको छ ।

समितिका सदस्यमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य, नागरिक उड्डयन प्राधिकरणका राजन पोखरेल, बुद्ध एयरका शारदाभक्त राजभण्डारी र सीता एयरका राजेन्द्रमान शाक्य छन् ।


‘मौसम उपयुक्त थिएन’

काठमाडौं- तेह्र हजार फिट उचाइको लुक्ला र वरपर क्षेत्रको मौसम चार दिनदेखि खराब थियो । मनसुनबाहेकका समयमा पनि लुक्लाको मौसम स्थिर हुँदैन । सफा आकाश क्षणभरमै बादलले ढाकिदिन्छ । मनसुनी समयमा झनै मिनेट/मिनेटमा बदलिन्छ ।
‘चार दिनदेखि बाक्लो कुहिरो लाग्नुका साथै अविरल वर्षा भइरहेको खराब मौसममा लुक्लाका लागि जहाज उडाउनु हुन्थेन,’ अन्तर्राष्ट्रिय विमानस्थलस्थित जल तथा मौसम पूर्वानुमान महाशाखा प्रमुख एवं मौसमविद् मणिरत्न शाक्यले मंगलबार कान्तिपुरसित भने, ‘जबरजस्ती उडाउनु ठीक थिएन ।’ लुक्ला विमानस्थलमा मंगलबार सतहदेखि हवाईजहाज उड्ने रुटसम्म बाक्लो कुहिरो लागेकाले उडान गर्नु गलत भएको अर्का मौसमविद् राजेन्द्रबहादुर श्रेष्ठको तर्क छ । अझै केही दिन उडान गर्न नहुने उनले बताए ।

लुक्लामा मौसम अनुगमन केन्द्र नरहे पनि महाशाखाले भू-उपग्रहमार्फत जानकारी लिएको हो । करिब दुई वर्षअघि पनि एक्कासि विमानस्थलमा बाक्लो कुहिरो लाग्दा यती एयरलाइन्सको विमान लुक्लामा दुर्घटनाग्रस्त भएको थियो । ‘हामीसँग कुनै सहकार्य भएन,’ शाक्यले भने, ‘कहिलेकाहीँ पाइलट मौसमी गतिविधि हेर्न आउँथे तर यो पटक त्यस्तो भएन ।’ महाशाखाले हरेक आधा घन्टामा विभिन्न एयरपोर्टको तापक्रम, हावाको गति, प्रेसर, बादललगायत गतिविधि विमानस्थलस्थित राडार (टावर) लाई जानकारी गराइरहेको हुन्छ ।

बढी वषर्ा यसैबीच तीन दिनयता मध्य र पश्चिम क्षेत्रमा बढी वर्षा भएको महाशाखाको रेकर्ड छ । भारतको हरियाणा र पन्जाब हुँदै मनसुन नेपाल केन्दि्रत भएकाले बढी वषर्ा भएको हो । विगतमा जुलाईमा बढी वर्षा हुने गरेकामा सन् २००१ पछि अगस्टमा बढी वर्षा हुने गरेको महाशाखाले जनाएको छ ।
१० दिनयता एउटा मात्र उडान यसैबीच सोलुखुम्बुस्थित कान्तिपुर संवाददाताका अनुसार खराब मौसमका कारण दस दिनदेखि लुक्लामा एउटामात्र उडान भएको छ । दैनिक दर्जनौं उडान हुने लुक्लामा विमान नआउँदा ठूलो संख्यामा स्वदेशी र विदेशी यात्रु अलपत्र परेका छन् ।
Source: Kantipur



Comments :

0 comments to “‘सिमरा जान भन्दाभन्दै चालक काठमाडौं आउन चाहे’”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger