Browse » Home » » हिलोले बल अगाडि बढ्दै बढ्दैन कसरी बढाउनु ?
हिलोले बल अगाडि बढ्दै बढ्दैन कसरी बढाउनु ?
ताप्लेजुङ - प्रशिक्षकले बाहिरबाट बल अगाडि बढाऊ भनेर कराइरहँदा खेलाडी जवाफ दिन्थे- हिलोले बढ्दै बढ्दैन कसरी बढाउनु ? बर्षाका कारण विगत वर्षहरूझै यो वर्ष पनि खेलाडीले हिलोमा प्रतिस्पर्धा गर्नुपर्यो । सदरमुकामस्थित भानुजन उच्चमाविको खेलमैदानमा भदौ २ देखि भइरहेको कञ्चनजंघा च्यालेञ्ज कप फुटबल प्रतियोगितामा सफा मौसम र सुख्खा खेल मैदानमा प्रतिस्पर्धा हुन पाएको छैन । दिनहुँ परेको पानी र बिहानदेखि बेलुकासम्मकै प्रतियोगिताले खेलमैदान पूरै हिलो भएको छ ।
विगत ५४ वर्षदेखि सञ्चालन हँुदै आएको प्रतियोगितामा सुख्खा मैदानमा प्रतिस्पर्धा गराउन एक/दुई वर्षमात्रै पाएको अनुभव आयोजकको छ । खेल सञ्चालक समितिका अध्यक्ष युगराज गुरुङ खेल सुरु हुनुभन्दा १५ दिनअघि देखि नै पानी कटाउने, मैदानमा सुख्खा माटो भर्ने जस्ता काम गरे पनि खेलेकै समयमा पानी परिदिँदा सुख्खा बनाउन सम्भव नभएको बताउँछन् ।
ठट्यौली गर्दै उनले भने, \'प्रायः बर्सेनि यस्तो हुन्छ अब त खेलाडी पनि बानी परिसके होलान् ।\' यस्तो मैदानमा आफूले सोचेजस्तो परिणाम नआउने खेलाडी राकेश गुरुङ बताउँछन् । हिलोले बल नै देखिँदैन खुट्टाले हिलो हान्दै ठिक्क हुन्छ त्यसैले हैरान बनाएको छ उनले थपे ।
लाखेजात्राको अवसरमा खेलाइने यो प्रतियोगितामा सहभागी टिम र दर्शकको संख्या उख्लेख्य हुने गरेको छ । तर सबैले धिक्कार्ने बर्सेनि खेल मैदानलाई नै हो । इलामको चुलाचुलीबाट आएको पीएलए टिमसँग अघिल्ल्ाो वर्षदेखि नै एक गोलले पराजित हुँदै आएको हाङपाङका टिम प्रमुख खड्गविक्रम सुवेदीले भने, \'अर्को सालदेखि हामी हिलो मैदानमा अभ्यास गरेर आउँछौं\' ।
मैदानको पूर्वपट्टकिो भाग केही सुख्खा भएकाले खेलाडीहरू पश्चिमपट्ट िहुँदा त्यस मौकालाई गोल गर्ने अवसरका रूपमा लिने गरेका छन् । पश्चिमपट्ट िहुँदा पनि गोल गर्न नसके हारेको ठहर गर्ने गरेको स्वयं खेलाडीहरू बताउँछन् ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “हिलोले बल अगाडि बढ्दै बढ्दैन कसरी बढाउनु ?”
Post a Comment