Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

सबैको रोजाईमा अञ्जु पन्त

राजेश चाम्लिङ राई
'निरङ्कुश हाकिमको आदेश झैँ लाग्ने सापकोटाको निर्देशनले 'न बिर्से तिमीलाई, न पाएँ तिमीलाई' गीत हिट भएपछि नेपाली साङ्गीतिक फाँटमा चर्चाको शिखर चुमिरहेकी गायिका पन्तको ब्यस्त दैनिकी स्पष्ट देखाउँथ्यो । सङ्गीत कर्ममा लागेपछि कलिलो उमेरमै यति धेरै चर्चा र प्रशंसा बटुल्न सफल गायिकाको अनुहारमा अनुरोधको भाव प्रष्ट देख्दा देख्दै पनि बाँकी कुरा फोनमा गर्ने बाचाका साथ टुङ्ग्याइयो । साङ्गीतिक फाँटमा आफूलाई चिनाउने प्रयत्न गरिरहेका एक मित्र भन्थे-

सङ्गीतकारले भनेपछि गाउने त उठ भन्यो उठ् बस भन्यो बस हो नी � किनकी सङ्गीतकारसँग सम्बन्ध विगि्रयो भने जति सुकै राम्रो स्वर भए पनि गाउन पाइन्न । कि आफैं सङ्गीत पनि गर्न जान्नु पर्‍यो । बिदा भएर भवनको लि�टबाट ओर्लदै गर्दा मित्रको भनाइ सम्झना भयो । अहिलेको सबैभन्दा चर्चित स्वरमध्येको एक पन्तको जन्मसाल त थाहा पाउन सकिएन, तथापि १४ वर्षको कलिलो उमेरदेखि नै गायन क्षेत्रमा लागेर अहिलेसम्म करिब एक हजार वटा गीत गाइसकेको दाबी गर्ने गायिकाबारे लेख्न थुप्रै सूचना प्राप्त भइसकेको थियो ।
पन्त नेपाली साङ्गीतिक फाँटमा उदाएको धेरै भएको छैन तर पाँचथरको आठराईका आमा मनु पन्थ -योञ्जन) र काठमाडौँ नजिकैको गाउँ फफिर्ङका नेपाल बैङ्कका जागिरे विष्णु पन्तकी छोरी पन्त एक स्थापित गायिकाको रूपमा उदाउनुभन्दा पहिले उनले गरेको मिहिनेत भने चानचुने छैन । गीत गाउन भनेपछि म दिन दुनियाँ केही वास्ता गर्दिन्थ्यें । बाल्यकालदेखि नै गायन क्षेत्रमा लिन हुन पाए हुन्थ्यो भनेर कल्पिरहने पन्त भन्नुहुन्छ- दिनभर स्टुडियोमा बसेर गाउँथ्यंे । देश दुनियाँमा जे भए पनि मलाई कुनै वास्ता हुँदैन थियो । फुपू जानकी केसीको प्रेरणाले ०५२/०५३ सालतिर कृष्णमान डङ्गोलसँग औपचारिक सङ्गीत सिक्न थालेको बताउने पन्तले त्यसै अवधितिर गुरुकै सङ्गीतमा रेडियो नेपालमा 'मनवा मन नै योगी बनाउ' बोलको भजन रेकर्ड गराउनु भएको थियो । स्वर्गीय भई सक्नुभएको गुरुलाई सम्झँदा अहिले पनि उहाँ भावविभोर हुनुहुन्छ । आ�नो भाग्यको कारण डङ्गोल जस्तो गुरु पाएको बताउँदै पन्त त्यसपछि सुरु भएको गायन यात्रा अहिले सार्थक भए जस्तो महसुस गर्नुहुन्छ । सङ्गीतलाई साधना मान्नेका लागि गायन क्षेत्रमा प्रवेश गरेको करिव १३ वर्ष त्यति धेरै लामो अवधि होइन तर चलचित्रमा मात्रै करिब तीन सय वटा गीतमा स्वर भरिसकेको बताउने पन्तले यो अवधिमा हात पारेको उपलब्धि चानचुने छैन । हिजोआज उहाँको हातमा प्रत्येक चलचित्रको कमसेकम दुई वटा गीत पर्छ । पन्तका अनुसार कुनै चलचित्रमा त चार/पाँच वटासम्म गीत गाउनु पर्छ रे । केही वर्ष अगाडिसम्म सङ्गीतमा लागेर केही पनि कमाउन सकिँदैन भन्नेका लागि एउटा गीतको सरदर सात हजार रुपियाँ कमाइ गर्ने पन्तले आर्जन गर्ने कमाइ हिसाव गर्दा अचम्म लाग्न सक्छ । सरदर दिनको एउटा गीत गाउने पन्तको एउटा गीतको सात हजारले हिसाव गरौँ त, मासिक कति कमाइ हुन्छ � सीधै भन्न सकिन्छ लाखौँ, जुन औसत नेपालीको लागि आकाशको फल हो । त्यस बाहेक देशका विभिन्न स्थानमा हुने कन्सर्ट तथा विदेशका कार्यक्रममा ठूलो रकम लिएर गाउन भ्याइनभ्याई छ । युवामञ्चसँग कुराकानी भएको बेला पन्त अमेरिका जाने तयारी गर्दै हुनुहुन्थ्यो । अहिले श्रीमान् मनोज शिवाकोटीसहित कार्यक्रममा भाग लिन अमेरिका पुग्नुभएको छ ।
टेलिफोन कम्पनीले उपलब्ध गराउने सीआरबीटी र पीआरबीटी जस्ता अतिरिक्त कमाई जस्ता सबै जोड्ने हो भने लाग्छ एउटा सफल कलाकारले नेपालमा पनि अब औसत नेपालीको भन्दा निक्कै सानदार जीवन जिउन सक्छ । पन्तको सबैभन्दा चर्चित गीत 'न बिर्से तिमिलाई.....' नेपाल टेलिकमको सीआरबीटीमा सबैभन्दा धेरै डाउनलोड भएर करिब एक करोड रुपियाँको व्यापार गरेको तथ्यले पनि यसको पुष्टि गर्छ तर एउटा आश्चर्यजनक कुरा के छ भने ०५४ सालमा देशव्यापी गायन प्रतियोगितामा प्रथम भएका पन्तको अहिलेसम्म एकल एल्बम भने जम्माजम्मी दुई वटा मात्र आएको छ । उनको पहिलो एकल एल्बम 'गाथा' २०६० सालमा आएको थियो । भने दोस्रो 'कम्पन' ०६३ सालमा आएको हो, जुन रिमेक थियो । तेस्रो एल्बम 'कोशेढुङगा'को काम अन्तिम चरणमा पुगेको छ ।
चलचित्रमा गाउन थालेको भने ०५६/०५७ सालदेखि हो । गायिकाको रूपमा चलचित्रमा प्रवेश गर्दाको क्षण पनि रमाइलो छ । उहाँ रेडियो नेपालमा नेपाल भाषाको गीत रेकर्ड गराउँदै हुनुहुन्थ्यो । सङ्गीतकार भरत लामाले सुन्नु भए छ । पन्तको 'एकदमै पन्ची स्वर'ले लामालाई आकषिर्त गर्‍यो । उहाँले तत्काल आफ्नो निर्माणाधीन चलचित्र 'बगर'मा गीत गाइदिन अनुरोध गर्नुभयो । पन्तले 'किन उड्यो पङ्खी मन फेरि गुराँसघारीमा' बोलको गीत गाएर नेपाली चलचित्रमा प्लेब्याक गायिकाको रूपमा प्रवेश गर्ने अवसर पाउनुभयो तर गीत कहिल्यै बाहिर आउन पाएन । किनकी चलचित्र कहिल्यै प्रदर्शनमा आउन सकेन । तथापि गायन यात्राले गति लिन छाडेन । अहिलेसम्म पन्तले 'दिल यो मेरो दिल', 'सागर सरी चोखो माया.......', 'सुनकोसीले सुसेलेकोे .........'लगायत दर्जनौँ हिट गीत गाइसक्नु भएको छ । तिमीले पराइ ठाने पछि पराइ हुनु के भयो र', 'तिर्खा लाग्यो पानी खाए मैले के बिराएँ', 'भुन भुन बोली भमराको'लगायत कयौँ गीत उहाँको श्रोताको मुखमुखमा झुण्डिने गीत छन् । अञ्जु अहिले सात वषर्ीया छोरी परिशोतिका, श्रीमान् मनोज तथा मनोजका आमा बुबासँगै कार्यक्रममा भाग लिन अमेरिका पुग्नुभएको छ । नेपालमा नाम चलेका थुप्रै कलाकार विभिन्न बहानामा अमेरिका छिरेर उतै गायव भइरहेको अवस्थामा स-परिवार अमेरिका पुग्नुभएको पन्त पनि कतै उतै बस्नुहुने त होइन ? प्रश्न अनुत्तरित छ । समकालीन नेपाली गायकमध्ये सबैभन्दा लोकपि्रय को हुन् ? कसैले यसबारे अनुसन्धान नै त गरेका छैनन् तर चलचित्रको गीतमा झण्डै झण्डै एकल प्रभुत्व जमाउन सफल राजेश पायल राईप्रति श्रोताको क्रेज, मिडियामा उनीबारे छाइरहने चर्चा र उनकै आ�नै भनाइलाई जोड घटाउ गर्दा लाग्छ, प्रश्नको ठीक उत्तरको हकदार राई नै हुन् । २०५२ सालमा पहिलो एल्बम मुर्छन्ना बजारमा ल्याएपछि हालसम्म करिब एक हजार आठ सय गीत गाइसकेको उनको दाबी छ । हाल बजारमा चर्चाको शिखर चुमिरहेको पछिल्लो एल्बम 'दर्शन नमस्ते' २५ हजार प्रति सीडी बिक्री भइसकेको बताउने राई रेडियो नेपालको 'लाईब्रेरि'मा पनि सबैभन्दा धेरै चलचित्रको गीत गाउने गायकको रूपमा समावेश भएको दाबी गर्नुहुन्छ । एउटा गायकलाई दैनिक मोबाइलमा ५०/६० जना �यानको एमएमएस तथा ई-मेल आउनु उसको प्रख्याति र लोकपि्रयताको अर्को कसी हो । गत वर्ष किनेको काठमाडौँ शान्तिनगरस्थित घरको आगन्तुक कोठामा सजिएको सम्मानपत्र तथा पुरस्कारको थाक देख्दा जो कोहीलाई लाग्न सक्छ, राजेश साँच्चिनै नम्बर एक गायक हुन् । कोठामा यति धेरै प्रमाणपत्र छन् कि सायद सम्हाल्न गाह्रो भएर होला कुनै त कुरूप पनि भइसकेका छन् ।
देश विदेशमा हुने साङ्गीतिक कार्यक्रममा पहिलो रोजाइका गायकमध्ये पर्ने राजेशले यो महिना मात्रै सोलुखुम्बु, झापा र इलामका तीन वटा कार्यक्रममा आफ्नो प्रस्तुति गर्न भ्याउनु पर्‍यो । सहयोगी विनोद खम्बूका अनुसार गत महिना मात्रै हङकङ गएर र्फकनुभएको राजेश छिट्टै जापान जाने कार्यक्रम तय भएको छ । यस्ता साङ्गीतिक कार्यक्रम सकेर काठमाडौँ भित्रिने बित्तिकै गीत रेकर्डिङमा व्यस्त हुनुपर्छ । हप्तौँको प्रयत्नपछि बल्लबल्ल भेटिनुभएको राईले भन्नुभयो- म भर्सटाइल गायक हुँ । त्यसैले सबैले मन पराउँछन् ।
राजेश पायल केही समय अगाडि रक्सीको कारण पनि चर्चामा हुनुहुन्थ्यो । अत्याधिक रक्सीको कारण झण्डै प्यारालाइसिसको आक्रमणमा समेत पर्नुभएको राईले अहिले यो ठ्याप्पै छोड्नु भएको छ । रक्सी खाने आदतमा साथ दिने थुप्रै रङ पत्रकार पनि हुन्थ्यंे । जसले राजेशको पैसामा रक्सी, डिस्को, क्यासिनो, डान्स सबैको मोज त लिए तर रक्सी कै कारण शरीरको एकापाटा नचल्ने स्थितिमा पुग्दा पनि पनि रक्सी नखान सल्लाह दिएनन् । रक्सीमा कमिकल छ, कसैले रीस, आवेग शान्त पार्न पिउँछ भने त्यो खराबै हो । आफ्नो व्यक्तिगत वेव धधध।चबवभकजउबथबचिबष्।अom मा राखिएको एक लेखमा उल्लेख छ- 'नारायण गोपाल, अरूण थापा, राम थापाले पनि मदिरा छाडेको भए अहिलेसम्म बाँचिरहने रहेछन् । रक्सीबारे उहाँले आर्जन गर्नुभएको अनुभब सुन्दा लाग्छ राजेश अब चर्चित हिन्दी उपन्यास देवदासको नायक बन्नु हुने छैन । जसले जीवनमा आएको एउटा घटनाको कारण सारा वैभव छाडेर रक्सीमा जीवन सकेको थियो । मदिरामा करिब करोड रुपियाँ जति गुमाएको उहाँको दाबी छ । तथापि दिनको हजारौँ रुपियाँ आर्जन गर्ने राईले काठमाडाँैको शान्तिनगरमा ३६ लाख रुपियाँमा गत वर्ष घर जोड्नु भएको छ । अहिलेसम्म ब्यक्तिगत सवारी साधन नकिनेका राई यति राम्रो आम्दानीको श्रेय श्रोता तथा दर्शकको मायालाई दिनुहुन्छ ।
राजेश चर्चामा भइरहनुको कारण एउटा प्रतिभाशाली गायक भएर मात्र होइन उहाँ भित्र हुनु पर्ने बहुप्रतिभाको कारण पनि हो । उहाँ गायक मात्र नभएर सङ्गीतकार तथा कथानक चलचित्रको नायकसमेत बन्नुभएको छ । अहिलेसम्म १३ चलचित्रमा सङ्गीत गरिसकेको बताउने राजेशलाई कतिपयले 'हल्ला'को भरमा कहलिएको कलाकार मात्र भएको तर सङ्गीतको ज्ञान नभएको टिप्पणी पनि गर्छन् । बजारमा कतिले उहाँलाई बौद्धिकता नभएको 'गलाको भरमा चलेको गायक' भएकोले उहाँको श्रोता बौद्धिक वर्ग हुन सक्दैनन् पनि भन्छन् तर राईलाई त्यो स्वीकार्य छैन । उहाँ आफूलाई व्यावसायिक गायक भएको बताउन हिच्किचाउनु हुन्न । आफूले लोक, आधुनिक, पप सबै प्रकारका गीत सेन्टिमेन्टल र रोमान्टिक दुवै शैलीमा गाएको उहाँको दाबी छ । सङ्गीत भनेको सागर रहेछ । यसमा जति डुबे पनि तैरन नसकिने रहेछ । म आफैँ यसमा डुबिरहेको छु । सिकिनै रहेको छु, राई भन्नुहुन्छ तर कतिपय बौद्धिक भनाउँदा सायद नेपाली गीत सङ्गीत नै सुन्दैनन् । यो हाम्रो गीत सङ्गीत हो भन्ने धारणा उहाँमा छैन । राजेशले हालसम्म पूर्वमा रङ चढेछ, जष्ट फर यु, बैगुनी रैछौ मायालु, लभ लेटर, निगाह, जदौ, कामनासहित नौ वटा एल्बम बजारमा ल्याउनु भएको छ । एल्बममा समेटिएका शिरै फूल शिरबन्दी, नौ झाले मायालु, बैगुनी रैछौ मायालुलगायतका थुप्रै गीत चर्चित भए । 'फैलियो माया दुबो सरी' एउटा यस्तो गीत थियो जसले राजेशलाई गायकको रूपमा चिनायो । करिब १५ वर्ष अगाडिको यो गीतपछि नै राजेश देशभर चर्चामा आउन थाल्नुभएको थियो । उहाँले 'जाग लम्क चम्क हे नौ जवान हो...' जस्ता देशभक्तिपूर्ण गीतदेखि 'नीलो नीलो आकाशका वस्तीहरूमा......म दुःखी आदिवासी लाफा...' तथा 'तागाधारी होस या सेतामगुराली, जहाँको हौँ, जो भए नी हामी नेपाली' जस्ता जातीय पहिचानको लागि लेखिएको गीत पनि गाउनु भएको छ । करिब दशक अगाडि एकदमै चर्चित फिल्म गरिवको 'नागबेली नागबेली चुल्ठो'ले बोलको गीतदेखि अहिलेको चर्चित गीत 'सागर सरी चोखोमाया तिमीलाई दिउँला' सम्म आइपुग्दा उहाँले दर्जनौँ हिट गीत गाइसक्नुभएको छ । खोटाङको बुईपामा राजनीतिज्ञ बाबुरत्न राई र आमा सञ्चलक्ष्मी राई राईको काहिलो छोरा राजेशले स्कुलस्तरीय अध्ययन स्थानीय चम्पावती माध्यमिक विद्यालयबाट सक्नु भएको हो । सङ्गीतमा सानैदेखि लगाब भएकै कारण उहाँलाई शिक्षकले पनि खुब मनपराउनु हुन्थ्यो । स्कुलमा पढाइ नहुने खाली समय भेट्यो कि साथी जम्मा पारेर गीत सुनाउन थालिहाल्ने राजेश आफ्नो जीवन प्रति पूर्ण सन्तुष्ट हुनुहुन्छ ।

Comments :

1
जिबिहांग राई "किनाराको यात्री " said...
on 

शारै मन पर्यो ............... बास्तबमा नै नबुझ्नेले हल्ला गर्नु अनि नसक्नेले कुराले धक्कु लगाउनु यो त स्वभाब नै हो नि . जसले जे भने नि राजेश दाई आफुमा एउटा कलाकार मात्र नभएर यो देशको ढुकढुकी हो . उहाको प्रगति र ब्यक्तित्वो देखेर ईर्ष्या गर्ने मान्छे हरुले उहाको बारेमा नाचाहिदी टिकाटिप्पणी गर्नु उनिहरुके केवल अशफल प्रयाश मात्र हो .. किनकि "राइ इज किंग राजेशपायल राई " अनि अन्जु पन्त दिदीको गाला देखेर लट्ठ नपर्ने त को होलान र .............. तर मेरो एउटा सुझाब कलाकार हरुले पनि आफुमा भएको हठ भने त्याग्न जरुरि छ .... लेखक राजेश चामलिंग दाई अनि साथी योगेन लाए धेरै धन्यबाद

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger