बाबुराम थापा
०२१ अगस्ट - बिगत ४ बर्ष देखी यूएईमा रही नेपाली लोक गायन , तथा कलाकारिता क्षेत्रमा महत्वपूर्ण योगदान दिएका लोक तथा जनगायक अशीम महतलाई यूएईमा बिदाइ गरिएको छ । नेपालीहरुको लागि यूएईकै जेठो संचार सस्था नेपाल समाचार केन्द्र यूएई र सस्थाको प्रकाशनमा रहेको नेपाली समाचार पत्र पाक्षिक पत्रीकाले गत शुक्रबार एक कार्यक्रमका बिच खादा ओढाइ प्रसम्शा पत्र पर्दान गर्दै बिदाइ गरेको हो।
समाचार केन्द्र यूएईका सल्लाहकार कृष्ण ढकालको शभापतित्व,नेपाल पत्रकार महासघ यूएई शाखाका अधक्ष्य शकर ज्ञवालीको उपस्थिती तथा गायक अशिम महतको बिशेष आतिथ्यतामा कार्यकारी सम्पादक मानबहादुर थापा सम्पादक उमाकान्त पाण्डे गाउलेको सन्चालनमा सम्पन्न कार्यक्रममा उपस्थित सबैजनाले सम्युत्त रुपमा खादा ओढाइ प्रसम्शा पत्र प्रदान गर्दै गायक अशिम महतको उज्वल भबिश्यको कामना गर्दै काठमाण्डौ हाइल्याण्ड रेस्टुरेन्ट बरदुबईको एक शभा हलमा बिदाइ गरिएको हो । साथै सोही कार्यक्रमका बिच नेपाली महिला समिती यूएईले पनि गायक अशिम महतलाई खादा ओढाइ उनको बहराइन तर्फको पाइला सुखद र सफल रहोस भन्दै सम्मान गर्यो । कार्यक्रममा महिला समितीकी महासचिव शोभा भण्डारी लगायत समितिका अन्य सदस्यहरुको समेत उपस्थिती रहेको थियो । सो बिदाइ कार्यक्रममा आफ्ना बिचार ब्यत्त गर्दै गायक अशिम महतले आगामी दिनमा बहराइन गएर पनि यूएईका दर्शक स्रोता बाट पाएको मायालाई आधार बनाउदै झन शसत्त ढंग बाट अगाडि बड्ने बताए भने नेपाली समाचार केन्द्र यूएई र यस्को प्रकाशनमा रहेको पत्रीकाले आफुलाई यूएईमा पहिलो पटक आफुलाई स्थापित गराएको गुण आफुले जहिले पनि स्मरण गरिरहने बताए । आफ्न श्रीजना अनी गिती शब्द लाई निरन्तर रुपमा महिनौ दिन सम्म र पत्रीका का नियमित अक मा रखिदिएर आफुलाई स्थापित गराउन ठुलो योगदान गरेकोमा सधैंब आफुले यस् सस्था प्रती आभारी हुने बिचार ब्यत्त गरे भने यूएईका सातवटै स्टेट बाट कलाकारलाई जन्माएर एक सास्कृतिक प्रतियोगितात्मक कार्यक्रम राख्ने आफ्नो सोच अधुरो भएको मा दु:ख ब्यत्त गरे भने यूएईमा रहेका संघसस्थाले यो कामलाई सार्थक बनाएमा आफु अत्यन्त खुशी हुने भावना ब्यत्त गरे । गुल्मी पिपलधारा धारामा जन्मेर मध्यपुर्वको खाडी अरबी राष्ट्रमा कार्यरत नेपाली जस्ले आफ्नो ब्यस्त समयको बाब्जुत पनि नेपाली कला-सस्क्रिती तथा नेपालीपन लाई जाग्रित पार्न निरन्तर लागि रह्यो जो अहिले कम्पनीको कामको शिल्शिलामा यूएई छोडि बहराइन जादैछ आफ्ना स्वरका धनी हाम्रा गायक अशिम महतलाई उन्को योगदानको कदर गर्दै नेपाल समाचार केन्द्र यूएईले एक कार्यक्रमका बिच बिशेष सम्मानका साथ बिदाइ गरेको हो । छोटो छ पिरती ,चिट्ठी चपेटा , तातो हावा चल्छ सरर जस्ता ३ एल्बम लाई सफलताका साथ बजारमा ल्याइसकेका गायक अशिम महत अब अर्को क्यासेटको तयारीमा जुटेका र दसैंको हाराहारीमा बिमोचन गर्ने तयारीमा रहेको बेला उनलाई कम्पनीले बहराइन जिम्मा दिएकाले उनी त्यस तर्फ जान थालेका हुन । यधपी उन्ले विश्वको जुनसुकै मुलुकमा गए पनि आफ्नो नेपाली लोक गायन क्षेत्रलाई सदैव आत्मसाथ गरी अघी बड्ने बताए । दर्शक स्रोताको माया रहदा सम्म आफुले सागितिक फाट कुनै पनि हालतमा नछोड्ने अर्घाखाँची डट्कम् सगको एन अन्तरकृयामा उन्ले बताए ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “गायक अशिममहत लाई यूएईमा बिदाइ”
Post a Comment