भाद्र ३ - संविधानसभा सचिवालयले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी संविधानसभाका दुई सदस्यको पद रिक्त भएको जानकारी गराएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका तर्फबाट महोत्तरी जिल्ला क्षेत्र नं. ४ बाट निर्वाचित सदस्य रामकुमार शर्माले राजीनामा दिएको र माओवादी पार्टीकै तर्फबाट धनुषा जिल्ला क्षेत्र नं. ६ बाट निर्वाचित सदस्य रामकुमारीदेवी यादवको असामयिक निधन भएको सम्बन्धित संविधानसभा दलको कार्यालयबाट पत्र प्राप्त भएकाले ती दुई पद रिक्त भएको सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तमलोपाका रामकुमार शर्माले भदौ २ गतेबाट लागुहुने गरी आफ्नो पदबाट राजीनामा दिएका थिए । सिलिण्डरबा६ खाना पकाउने ग्याँस चुहिएर लागेको आगोमा परेकी घाइते भएकी माओवादीकी सदस्य रामकुमारीदेवी यादवको साउन २९ गते निधन भएको थियो । शर्माले पार्टी छाडेको जानकारी संसद सचिवालयलाई गराएपछि राजीनामा दिएका हुन् । उनी एक बर्षअघि माओवादीमा प्रवेश गरेका थिए । उनी हाल माओवादी केन्द्रीय सदस्य छन्
Browse » Home » » संविधानसभाका दुई सदस्यको पद रिक्त भएको जानकारी
संविधानसभाका दुई सदस्यको पद रिक्त भएको जानकारी
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “संविधानसभाका दुई सदस्यको पद रिक्त भएको जानकारी”
Post a Comment