Browse » Home » » बजारमा 'मेरो एउटा साथी छ'
बजारमा 'मेरो एउटा साथी छ'
जीवनमा साथी धेरै बन्छन् प्रेमको आरम्भ पनि साथी भेटेरै हुन्छ । प्रेमको सुखान्त पनि जीवनसाथी पाएपछि हुन्छ । साथी पाइसकेपछि प्रेम आरम्भ हुनुअघिको अवस्था प्रेम गर्नेहरुलाई अवश्य थाहा छ । त्यो अवस्थाको भावलाई चलचित्र 'मेरो एउटा साथी छ' को एउटा पाटो बनाइएको छ ।
'मेरो एउटा साथी छ' एउटा रोमान्टिक मेलो ड्रामा हो । जहाँ जय -आर्यन सिग्देल) र शिखा -नम्रता श्रेष्ठ) को बीचको मित्रता रहेको छ । शिखा एउटा सानो शहरमा हुर्के बढेकी युवती हुन् । जय एक सम्पन्न परिवारको छोरो हो । जीवनको एउटा मोडमा आएर जयले शिखाको रुपमा एउटी साथी भेट्छ । उनीहरु बीचमा न त प्रेम हुन्छ न त मित्रता नै । किनकी उनीहरुबीचको सम्बन्ध मित्रता र प्रेमको दोसाधमा रहेको हुन्छ । यसरी नै अघि बढेको चलचित्र मेरो एउटा साथी छ ।
आइक्रो फिल्मस् (Eyecore Films) को व्यानरमा निर्माण गरिएको 'मेरो एउटा साथी छ' नामक नेपाली चलचित्र मलेसियाको बजारमा नेपाल म्यूजिक सेन्टरले भर्खरै रिलिज गरेको छ ।
आर्यन सिग्देल, नम्रता श्रेष्ठ, जीवन लुइाटेल, जेनिषा मोक्तान, सुषमा कार्की, अशोक शर्मा, केशव भट्टराई आदिको मुख्य अभिनय रहेको यस चलचित्रमा सुवाससिंह बस्न्यातको लेखन,सुगम पोखरेल तथा विपिन आचार्यको संगित,रिनेशा राईको नृत्य,राजेश सिंहको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र अनिल राईको द्धन्द्ध रहेको छ । यस चलचित्रको सञ्चार प्रवर्तनको जिम्मा भने जी २१ प्रोडक्सनले लिएको हो ।दिनभरीको साहूको कामले थकीत श्रमिकहरुलाई पनि उक्त फिल्मले एकचोटी पक्कै रुवाउाछ । नेपाल म्युजिक सेन्टरका डाइरेक्टर जयराम तिमल्सीनालाई पनि मेरो एउटा साथी छ हेर्दा आँखा भरी आँशु जमेको थियो रे । लाग्छ जो जस्ले 'मेरो एउटा साथी छ' हेरेको छ उनीहरु सबै रुएको छ । नेपाल म्युजिक सेन्टरले अर्को उत्कृष्ठ नेपाली फिल्म सानो संसार लगायत थुप्रै फिल्म तथा लोक आधुनिक गीती एल्बमहरुले बजारमा ल्याउदैछ । नेपाल म्युजिक सेन्टरले प्रत्येक हप्ता नयाा नयाा कोसेली लिएर आउने डाइरेक्टर कृष्ण कुरुम्बाङले बताए ।अब मेरो एउटा साथी छ होइन सो फिल्ममा दर्शकहरुलाई रुवाउने नम्रता श्रेष्ठ -शिखा) र थुप्रै चर्चित कलाकारहरु मलेसियामा आयोजित 'नेपाल कन्र्सट २०१०' लाई तहल्का पिट्न आउदै छन् ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “बजारमा 'मेरो एउटा साथी छ'”
Post a Comment