Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

प्रसिद्ध साँस्कृतिक पर्व गाईजात्रा आज मनाइँदै



काठमाडौँ उपत्यकाका प्रसिद्ध जात्राहरुमध्ये एक गाईजात्रा बिहानैदेखि मनाईदै छ। गाईजात्रा मनाउने प्रचलन राजा प्रताप मल्लले चलाएका हुन्। छोराको मृत्यु भएपछि, पुत्रशोखमा डुबेकी रानीलाई भुलाउन उनले सहरभरी एक वर्षभित्र मृत्यु भएकाको परिवारजनलाई जात्रा मनाउन लगाएको विश्वास गरिन्छ।
गाइजात्रामा विभिन्न ब्यङ्ग्यात्मक शैलीको प्रयोग पनि गरिन्छ। सुरुवात कालदेखि नै मुखुण्डो, मास्क आदिले मुख ढाकेर बिभिन्न बाजागाजासहित लाखे नाच निकाल्दै व्यङ्ग गर्ने चलन छ। गाईजात्राको अवसरमा गरिने ब्यङग्यात्मक प्रस्तुतीलाई सहज रुपमा लिइन्छ। पछिल्लो समयमा गाइजात्राको अवसरमा राजनीतिक व्यङ्ग गर्ने प्रचलन मौलाउँदै आएको छ।

Comments :

0 comments to “प्रसिद्ध साँस्कृतिक पर्व गाईजात्रा आज मनाइँदै”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger