Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

अग्नी एयरको विमान दुर्घट्नामा परी मारिएकाहरुको शवका टुक्राहरु राजधानी ल्याइयो

                    
 भाद्र ८ - अग्नी एयरको विमान दुर्घट्नामा परी मारिएकाहरुको शवका टुक्राहरु बटुलेर राजधानी ल्याइएको छ । फिस्टेल एयरको हेलिकप्टरद्वारा मंगलबार दिउँसो उद्दारकर्मीले घट्नास्थलमा संकलन गरेका शवका टुक्राहरु ल्याएका हुन् ।

इकान्तिपुरकर्मी नरेन्द्र श्रेष्ठका अनुसार करिव पाँचबाट प्लाष्टिकको पोकामा शवका टुक्राहरु लिएर हेलिकप्टर त्रिभूवन विमानस्थल अवतरण गरिएको थियो । दुर्घट्नामा मारिएकाहरुको आफन्तहरु नेपाली सेनाको इन्जिनियरिङ निर्देशनालयमा रहेका छन् । विमानस्थलको अबस्था भावपूर्ण छ । प्रधानमन्त्री माधवकुमार नेपाल, पर्यटन मन्त्री शरदसिंह भण्डारी र अमेरिकी राजदूत स्कट एच डेलीसी तथा जापानी राजदूत पनि विमानस्थल पुगेका छन् । शव सग्लो नभएको र नचिनिने अबस्था भएकाले पोष्टमार्टम र डीएनए परिक्षण पछि मात्र शव आफन्तलाई बुझाइने छ । लुक्लाका लागि मंगलबार बिहान उडेको अग्नी एयरको विमान मकवानपुरको शिखरपुरमा विहान ८ बजेर ५ मिनेटछ जाँदा दुर्घट्नामा परेको थियो ।  दुर्घट्नामा परी मारिनेहरुमा तीन जना चालक दलका सदस्य, पाँच जना नेपाली, चार जान अमेरिकी, एक जना जापानी र एक जना बेलायती नागरिक छन् ।

Comments :

0 comments to “अग्नी एयरको विमान दुर्घट्नामा परी मारिएकाहरुको शवका टुक्राहरु राजधानी ल्याइयो”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger