Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

धुलिखेलको रिसोर्टमा बसेर दाहालले के योजना बनाए?

भदौ ७ - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधानका लागि सरकार, सदन, सडक (तीन स’) पार्टीको कार्यदिशालाई लागू गर्ने प्रस्ताव तयार पारेर काभ्रेबाट आइतबार फर्केका छन्। मंगलबार सुरु हुने केन्द्रीय समितिको बैठकमा पेस गर्ने राजनीतिक प्रस्ताव तयार गर्न दाहाल शनिबार धुलिखेलको मिराबेल रिसोर्ट पुगेका थिए। दाहाल आफूनिकटका पोलिटब्युरो सदस्य अग्नि सापकोटाको पहलमा उनीसहित धुलिखेल पुगेका थिए। ’सरकार निर्माणको प्रक्रिया चलिरहेको छ। अध्यक्षले ‘तीन स’को कार्यदिशालाई कायम राख्दै त्यसलाई थप विश्लेषण गरेर लिखित प्रस्ताव तयार पार्नुभएको छ’, दाहालसँगै बसेर राजधानी फर्किएका सापकोटाले नागरिकसँग भने। अघिल्लो पोलिटब्युरो बैठकमा राखेको एजेन्डालाई दाहाले थप विश्लेषण गरेका छन्। दाहालले विचारधारात्मक एकता, संगठनात्मक, राजनीतिक कार्यदिशा र सरकार निर्माणलगायत एजेन्डालाई थप विश्लेषण गरेको सापकोटाले बताए। पार्टीभित्र देखिएको अन्तर्विरोध हल गर्न थप छलफलमा लैजान सबैको सुझाव लिने गरी दाहालले प्रस्ट पारेको उनले बताए। ‘पार्टीभित्र देखिएका अन्तर्विरोधमा व्यापक छलफल गरेर देशलाई नयाँ दिशा दिने गरी टुंगो लगाउने राजनीतिक प्रस्ताव उहाँले तयार पार्नुभएको छ,’ सापकोटाले भने। शनिबार मध्याह्न त्यहाँ पुगेका दाहालले राति १२ बजेसम्म र बिहान ४ बजे उठेर आइतबार १ बजेसम्म प्रस्ताव लेखेको सापकोटाले बताए। ‘व्यवस्था हाम्रो हो। ‘उहाँले कोठामा एक्लै बसेर तयार गर्नुभएको हो,’ उनले भने। दाहालपुत्र प्रकाशका अनुसार प्रस्ताव हस्तलिखित तयार भएको छ। ‘अहिलेसम्म टाइप गर्न दिनुभएको छैन। कोठामा एक्लै बसेर लेख्नुभएको हो,’ उनले भने। शान्ति र संविधानका लागि ‘तीन स’को विकल्प नभएकाले त्यसैलाई निरन्तरता दिने गरी प्रस्ताव तयार भएको दाहाल निकट स्थायी समिति सदस्य वर्षमान पुनले बताए। उनले पार्टीभित्र ‘तीन स’ को कार्यनीति छाड्ने कि भन्ने प्रश्न उठेकाले त्यसको जवाफसहित राजनीतिक प्रस्ताव तयार भएको पुनले बताए। ‘सोमबारको चुनावबाट पनि प्रधानमन्त्री चुनिने निश्चित छैन, त्यसैले पार्टीले सहमतीय सरकार निर्माणको पहल गर्ने तयारी भइरहेको छ। यी विषयलाई संस्थागत गर्ने गरी प्रस्ताव आउँछ,’ उनले भने। भदौ ३ गते डाकिएको बैठक सभासद् रामकुमारी यादवको निधनले प्रधानमन्त्री निर्वाचन सरेपछि ७ गतेका लागि सारिएको थियो। तर, बैठक निर्वाचनकै दिन परेकाले माओवादीले ८ गते सारेको हो। उक्त बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव तयार गर्न निर्वाचनको पूर्वसन्ध्यामा दाहाल धुलिखेल पुगेका थिए

Comments :

0 comments to “धुलिखेलको रिसोर्टमा बसेर दाहालले के योजना बनाए?”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger