Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

आज हिन्दुहरुको महान चाड जनैपूणिर्मा अर्थात रक्षाबन्धन पर्व मनाइँदै 

                                                        (२०६७ भाद्र ८, मंगलवार)

आज श्रावण शुक्ल पूर्णिमा अथवा ऋषितर्पणी (जनै) पूर्णिमा मुलुकभरका हिन्दु धर्मावलम्वीहरु रक्षा बन्धन गरी मनाउदैछन् ।

जनै लगाउनेले आज ऋषिहरुको सम्झना गर्दै नजिकैको जलाशय तथा धारामा माटोगोवरकुशखरानी र अपमार्गले स्नान गरी विशेष मन्त्रद्धारा मन्त्रिएको जनै लगाउने गर्छन् ।


नाडीमा रक्षाबन्धन बाँध्दा दैत्यराज बलीको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने �यनबद्धो बलि राजा दानबद्धो महाबल: त्वेनत्वांम प्रतिबध्नामि रक्षामा चलमा चल:� भनेर मन्त्रोच्चारण गर्ने चलन छ।रक्षाबन्धनको डोरीले सुरक्षा गर्ने मानिन्छ। जनै लगाउनेहरुले ऋषिहरुको सम्झना गर्दै नजिकको खोला, धारामा पुगेर माटो, गोबर, कुश, खरानी र अपमार्गले स्नान गरी नयाँ जनै (यज्ञोपवित) धारण गर्ने गर्छन्।
जनैपूर्णिमा पर्वमा कश्यप, अत्रि, भारद्धाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र सप्तऋषीलाई तर्पणसमेत दिइने गरिन्छ। जनै फरिने हुनाले जनै पूर्णिमा र ऋषिलाई तर्पण दिइने भएकाले यस दिनलाई ऋषिपूर्णिमा भनिएको हो।
पौराणिक मान्यताअनुसार, रक्षाबन्धनको सम्बन्ध दानवी शक्तिबाट लखेटिएका देवताहरुलाई इन्द्रका गुरु बृहस्पतीद्धारा रक्षाबन्धन तयार गरी जोगाइएको र वामन अवतार विष्णुद्वारा दैत्यराज बलीलाई बचनवद्ध गराई तीनै लोक प्राप्त गरेको स्मृतिसँग जोडिएको छ।
जनै पूर्णिमा बाँधिएको डोरो गाई तिहारको दिन गाईको पुच्छरमा बाँधिदिए मृत्युपछि वैतरणी नदी पार हुने मान्यता छ।
विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन रहेको छ ।
आजकै दिन भगवान् गौतमबुद्धले आफ्नो कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्धग्रन्थको ललितविस्तारमा उल्लेख गरिएको छ । आजका दिन स्वयम्भूमा पनि ठूलो मेला लाग्दछ ।

Comments :

0 comments to “आज हिन्दुहरुको महान चाड जनैपूणिर्मा अर्थात रक्षाबन्धन पर्व मनाइँदै ”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger