Browse » Home » » खोला तर्ने क्रममा मोरङको बक्राहामा दुईजनाको मृत्यु
खोला तर्ने क्रममा मोरङको बक्राहामा दुईजनाको मृत्यु
विराटनगर । मोरङमा बक्राहा खोला तर्ने क्रममा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा इटहरा गाविस-५ की १६ वर्षीया प्रतिमा राई तथा गोविन्दपुर गाविस-५ बस्ने कटुवारी हेमरम रहेको बताइएको छ । गए राति अबिरल वर्षा भएपछि यहाँका नदीहरूमा पानीको प्रवाह बढेको थियो । वर्षा भइरहेकै बेला नदी तर्न खोजेका हेमरम भेलमा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अर्की मृतक प्रतिमा राई बक्राहा खोलामा आएको बाढी हेर्न गएको बेला बाढीले बगाएर मृत्यु भएको थियो ।निजको शव उनी उभिएको ठाउँदेखि ५०० मिटर दक्षिणमा फेला परेको प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “खोला तर्ने क्रममा मोरङको बक्राहामा दुईजनाको मृत्यु ”
Post a Comment