Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

चौकी आक्रमणमा संलग्न पक्राउ

इलाम, भाद्र ४ – तीन साताअघि पश्चिमी इलामको साकफारा चौकी आक्रमणमा संलग्न लिम्वुवान स्टेट फोर्सका प्रवक्तालाई प्रहरीले पक्राउ गरेको छ । योजनाकार मानिएका खाम्वेक्सा भनिने नेत्र नेम्वाङलाई प्रहरीले शुक्रवार झापाको धरमपुरवाट पक्राउ गरेको हो । गत साउन १५ गते साकफारा चौकी आक्रमण गर्ने लिम्वूवान स्टेट फोर्सका सैन्य कमाण्डर तथा पार्टी प्रवक्ता नेम्वाङलाई इलामबाट खटिएको प्रहरी टोलीले झापाको धरमपुरबाट पक्राउ गरेको इलामका प्रहरी नायव उपरीक्षक विक्रमवहादुर चन्दले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय इलामले ३१ बर्षीय नेम्वाङलाई शुक्रवार पत्रकार माझ सार्वजनिक गरेको हो । उनलाई हातहतियार खरखजाना तथा डाँका मुद्दा दायर गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । तीन महिना अघि झापाको सतासीधाम गाविस भवनमा आगजनी गर्नुका साथै इलामको साकफारा प्रहरी चौकी आक्रमणमा आˆनो संलग्नता रहेको खाम्वेक्साले स्वीकारेका छन् । उन्ले पूर्वमा कृयाशिल जातीय संगठनवाट असन्तुष्ट भएकाहरु फोर्समा रहेको जानकारी दिए । ‘प्रोपोगाण्डा मच्चाएर स्वार्थ सिद्ध गर्ने उदेश्यले समूह कृयाशिल रहेको पाएका छौं,’ डिएसपी चन्दले भने । पक्राउ परेका खाम्वेक्साले भने लिम्वुवानको मुद्धा ओझेल पार्न लागिएकाले शसस्त्ररुपमा आन्दोलन गर्ने समुहको उदेश्य रहेको खुलाए । ’चौकी आक्रमण गरेर मान्छे मार्ने नियत थिएन,’ उन्को भनाई थियो, ‘प्रहरीमाथी धावा बोलेर राज्यलाई दबाब दिन खोजेका हौं ।’ यसअघि संघीय लिम्वुवान राज्य परिषद र संघीय लिम्वुवान राज्य परिषद क्रान्तिकारीमा रहेर काम गरेका खाम्वेक्साले आफूले सशस्त्र आन्दोलनमा लागेर गल्ती गरेको वताए ।

Comments :

0 comments to “चौकी आक्रमणमा संलग्न पक्राउ”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger