Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

अविरल बर्षापछि आएको बाढीका कारण १ सय ५० घर परिवार विस्थापित

। अविरल वर्षापछि आएको बाढीले उदयपुरको तपेश्वरी गाविस वडा नम्बर-१ भागलपुरका १ सय ५० घर परिवार विस्थापित भएका छन् । सप्तकोशी नदीको भँगालोले स्थानीय खहरे खोला र त्रियुगा नदीमा आएको बाढि त्यस क्षेत्रमा पसेको हो । बाढी पसेर घर जलमग्न भएपछी बिस्थापित भएका स्थानीय बासिन्दा अहिले आश्रयका लागि जंगलतर्फ लागेको स्थानीय बासिन्दा कृष्ण काफ्लेले बताए तपेश्वरी गाविस-१ स्थित करिब तीन सय बिघा खेतमा लगाईएको धानबाली समेत बाढीले पुरेको पुर्व गाविस अध्यक्ष डिल्लीराम बिमलीले जानकारी दिए । यसैगरी जिल्लाको पुर्वी गाविस रामपुर ठो_िक्सला स्थित गिनेरी खोलामा आएको बाढीले जगना टोलको ८० बिघा भन्दा बढी धान रोपिएको खेत कटान गरेको छ । तीन सय बिघा भन्दा बढी धान खेतमा खोला बगेको रामपुरका स्थानीय बासिन्दा नारद निरौलाले बताए । यस्तै खोलाको बाढीले बाँध भत्काएर बाटो परिवर्तन गर्दै विद्यालय तर्फ पसेपछी राकस्नी निम्नमाध्यमिक विद्यालय अर्को सूचना नहुन्जेल सम्मका लागि बन्द गरिएको छ । खोलाको बाढीलॆ आज बिहान रामपुर तपेश्वरी सडकमा निर्माण गरिएको अस्थाई पुल समेत बगाएको छ । त्यसैगरी सप्तकोशीको भगालोमा आएको बाढीले रामपुरकै चिलिया टप्पु स्थित सरस्वाती प्राविको करिब ५ लाख ७८ हजार रुपैयाँ बराबरको निर्माण सामाग्री बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Comments :

0 comments to “अविरल बर्षापछि आएको बाढीका कारण १ सय ५० घर परिवार विस्थापित”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger