Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

प्रधान मन्त्रीमा दाहाल र पौडेल पाँचौं पटक पराजित


अनिमात्र सहमित : प्रधान मन्त्री-

काठमाडौं, भदौ ७  प्रधान मन्त्रीको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कङ्ग्रेस नेता रामचन्द्र पौडेल पाँचौं पटक पराजित भएका छन्। दाहालले उपस्थित ५ सय ६३ सभासदमध्ये २ सय ४६ मत ल्याएका छन् भने उनको विपक्षमा १ सय ११ मत परेको छ। त्यसैगरी तटस्थ बस्नेमा २ सय ६ सभासद छन्।
यसैगरी पौडेलको पक्षमा उपस्थित ५ सय ६७ सभासदमध्ये १ सय २४ मत परेको ५ भने विपक्षमा २ सय ४३ मत परेको छ। उनको मतदानका बेला तटस्थ बस्नेमा २ सय जना थिए।
प्रक्रिया सुरु भएको छ। आजका दुई उम्मेद्वार मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल र कङ्ग्रेस नेता रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुँदैछ। तर आज पनि एमाले र मधेशी मोर्चा तटस्थ नै बस्ने निर्णय गरेकाले प्रधान मन्त्रीमा कोही चुनिने सम्भावना छैन।
यतिखेर माओवादी अध्यक्ष पुष्पकमल दाहालको पक्षमा मतदान भइरहेको छ। उनको पक्ष र विपक्षमा कति तथा तटस्थ बस्ने कति भन्ने टुङ्गो लागेपछि यही प्रक्रिया कङ्ग्रेस नेता रामचन्द्र पौडेलका लागि लागू हुनेछ। आजको चुनावका लागि माओवादी र कङ्ग्रेसले आ-आफ्नो दलका पक्षमा मात्र मतदान गर्न ह्वीप जारी गरेका छन्।
यसैबीच नेपाली कङ्ग्रेसका नेता तथा प्रधान मन्त्रीमा कङ्ग्रेस उम्मेद्वार रामचन्द्र पौडेलका प्रस्तावक शेरबहादुर देउवाले कङ्ग्रेसले उम्मेद्वारी फिर्ता नलिने बताएका छन्। केहीबेरअघि मात्र प्रधान मन्त्री चुनावका लागि संविधानसभा भवन पुगेका उनले सञ्चारकर्मीसमक्ष फिर्ता नलिने अडान दोहोर्‍याएका हुन।
यसैबीच प्याकेजमा सहमति हुने हो भने सहमतिका सबै विकल्प मान्न कङ्ग्रेस तयार रहेको कङ्ग्रेसले जनाएको छ। कार्यबाहक सभापति सुशील कोइरालाको निवासमा भएको छलफलका क्रममा कङ्ग्रेस नेतृत्वले उक्त धारणा अघि सारेको हो।
यसअघि तटस्थ बस्दै आएको मधेशी मोर्चाले आज पनि तटस्थै बस्ने निर्णय गरेको छ। जनता दलले पनि तटस्थ बस्ने निर्णय गरेको जनाएको छ।

प्रधान मन्त्री भन्छन्-
यसैगरी प्रधान मन्त्री माधवकुमार नेपालले अरु दलले एमालेको प्रस्तावमा सहमति जनाएपछि मात्र राष्ट्रिय सहमति हुने जनाएका छन्। प्रधान मन्त्रीको निर्वाचनमा सहभागी भएर बाहिर निस्कने बेला उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उक्त धारणा राखेका हुन।
(नागरिक)-

Comments :

0 comments to “प्रधान मन्त्रीमा दाहाल र पौडेल पाँचौं पटक पराजित”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger