Browse » Home » » प्रधानमन्त्रीको पाँचौ चरणको निर्वाचन भदौ ७ गते
प्रधानमन्त्रीको पाँचौ चरणको निर्वाचन भदौ ७ गते
आज बसेको व्यवस्थापिका संसद कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्री पदका बुधबारका लागि तय भएको निर्वाचन पाँच दिनपछि सारिएको छ । माओवादी सभासद् रामकुमारी यादवको निधनका कारण प्रधानमन्त्री निर्वाचनको पूर्वनिर्धारित कार्यक्रम परिवर्तन गर्नु परेको हो । कार्यब्यवस्था परामर्श समितिको बुधबार बसेको बैठकले आगामी भदौ ७ गते दिउँसो तीन बजेका लागि निर्वाचन सारिएको संसद् सचिवालयले जनाएको छ। माओवादी सभासद् रामकुमारी यादवको निधनप्रति शोक प्रस्ताव पारित गर्दै व्यवस्थापिका संसद्को बैठक बुधबार स्थगित भएको छ । यादवको शोक प्रस्ताव पारित गर्न प्रधानमन्त्री निर्वाचनको पूर्वनिर्धारित कार्यक्रम पाँच दिनपछि सारिएको हो ।बुधबारको बैठकले यादवप्रति संसदका तर्फबाट श्रद्धान्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गरेको छ । शोक प्रस्ताव पारित गरेपछि नियमित कार्यसूचिमा प्रवेश नगर्ने संसदको सामान्य परम्परा अनुसार बैठक ७ गतेसम्मका लागि स्थगित भयो ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “प्रधानमन्त्रीको पाँचौ चरणको निर्वाचन भदौ ७ गते”
Post a Comment