Browse » Home » » माओवादीद्वारा एक मधेस प्रदेश अस्वीकार
माओवादीद्वारा एक मधेस प्रदेश अस्वीकार
श्रावण १६ । माओवादीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको 'एक मधेस एक प्रदेश' प्रस्ताव अस्वीकार गरेको छ । उसले अन्य प्रदेशका साथै स्वायत्त मधेस प्रदेशको स्थापना गर्न भने सहमति जनाएको छ ।मोर्चाको आधारपत्रबारे माओवादीले शनिबार जवाफ दिँदै एक मधेस एक प्रदेश स्वीकार्न नसकिने बताएको हो । मधेसी मोर्चाको यो मुख्य प्रस्ताव हो । 'समग्र तराई मधेसलाई एक प्रदेश बनाउने हाम्रो पार्टीको नीति नरहेको स्पष्ट छ,' माओवादीले भनेको छ, 'तर भौगोलिक अखण्डतामा आँच नआउने गरी आत्मनिर्णयको अधिकारसहित तराई मधेसमा अन्य प्रदेशका साथै स्वायत्त मधेस प्रदेश स्थापना गर्न पार्टी सहमत छ ।'मधेसी मोर्चाले एक मधेस एक प्रदेशमा सहमति जनाए माओवादीलाई समर्थन गर्ने बताएको थियो । उसले माओवादीको जवाफबारे आइतबार मात्र आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ । गम्भीर अध्ययन गरेपछि मात्र आधिकारिक निर्णय गर्ने प्रतिक्रिया उसले माओवादीलाई दिएको छ ।मधेसी जनअधिकार फोरमको संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहालको टोलीले मोर्चाका नेताहरूलाई लिखित धारणा दिएको थियो । माओवादीको लिखित जवाफपछि बसेको मोर्चा बैठकले निष्कर्ष निकालेन । फोरम सहअध्यक्ष जयप्रकाश गुप्ताले माओवादी धारणाको संक्षिप्त अध्ययन गरेको र निष्कर्षमा पुगिनसकेको प्रतिक्रिया दिए । 'हामीले सकारात्मक नकारात्मक दृष्टिकोण बनाएका छैनौं,' उनले संवाददाताहरूसँग भने, 'लिखित जवाफ दिने काम भने सकारात्मक छ ।'
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “माओवादीद्वारा एक मधेस प्रदेश अस्वीकार”
Post a Comment