Browse » Home » » SLC को नतिजा हेर्न बोलाइ शिक्षकद्वारा बलात्कारको प्रयास
SLC को नतिजा हेर्न बोलाइ शिक्षकद्वारा बलात्कारको प्रयास
हाम्रो संखुवासभा समाचारदाता
आफ्नै विद्यालयका एक शिक्षकले एसएलसी परीक्षाको नजिता हेर्न घरमा बोलाएर एक किशोरीमाथि बलात्कारको प्रयास गरेका छन् । मोरङको ववियाविर्ता-५ स्थित जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्देव राजवंशीले आफ्नै विद्यालयकी १६ वर्षीया ती छात्रालाई घरमा बोलाएर बलात्कारको प्रयास गरेका हुन् ।
मोरङ सोरभाग गाविस वडा नं.३ कर्सियाबजार घर भएका प्रधानाध्यापक राजवंशीले एसएलसीको नतिजा प्रकाशित भएपछि ती किशोरीलाई नजिता हेर्न भनी मोबाइलबाट बेलुकी ८ बजे घरमा बोलाई नतिजा सुनाएपश्चात् हात समाती दुव्र्यवहार गर्न लागेपछि किशोरीले प्रतिकार गरेकी थिइन् । पीडित छात्राले प्रधानाध्यापकले गरेको उक्त घटनाको आमालाई सुनाएपछि गाउँलेको भेलाले प्रधानाध्यापकको घर घेराउ गर्नुका साथै उनलाई कुटपिट गरेका थिए ।
घटना स्वीकार गर्दै प्रधानाध्यापक राजवंशीले रु एकलाख जरिवानालगायतको सम्झौता गरी साउन मसान्तसम्ममा क्षतिपूर्ति तिर्ने भनी गाउँलेसमक्ष कागज गरेको बताइएको छ । प्रधानाध्यापक राजवंशीले भने गाउँलेले राति कुटपिट गर्दै जबर्जस्ती घटना स्वीकार गर्न लगाएको आरोप लगाएका छन् । उनले बधाई दिन ती छात्रालाई धापमात्र मारेको दाबी गरेका छन् । पीडित किशोरी भने एसएलसी परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भएकी छिन् ।
यस्तै स्याङ्जाको चित्रेभञ्ज्याङमा सात वर्षीया बालिका हिमकला विकको बलात्कार पछि हत्या भएको छ। हत्यामा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बलात्कारपछि बालिका विकलाई नजिकैको झाडीमा लगेर फालेको प्रहरीले जनाएको छ । आरोपित पन्ध्र वर्षीय युवकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा राखिएको बुझएको छ ।
Subscribe to:
Post Comments (Atom)
Comments :
0 comments to “SLC को नतिजा हेर्न बोलाइ शिक्षकद्वारा बलात्कारको प्रयास”
Post a Comment