कान्तिपुर संवाददाता
टिकापुर (कैलाली), अषाढ २१ - यहाँ एक युवकले आफ्नै बाबुको सोमबार बिहान हत्या गरेका छन् । चौमाला गाविस-१ खुरखुरियाका २२ वर्षिय दीपक धामीले ६७ वर्षिय आफनै बाबु हर्कु धामीको सोमबार विहान हत्या गरेका छन् ।
दीपकलाई मालाखेती र चौमालाबाट गएको प्रहरीको टोलीले पक्राउ गरेको छ । मृतक धामीलाई पोष्टमार्टमका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न दीपक धामीको मानसिक सन्तुलन ठीक नभएको प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Comments :
0 comments to “बाबुको हत्या”
Post a Comment