Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

आफ्नै नेतृत्वमा सरकार गठन गर्न माओवादी छलफलमा व्यस्त

हाम्रो संखुवासभा समाचारदाता
आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठनका लागि सहमति जुटाउन एकीकृत नेकपा माओवादीले दलहरुबीचको छलफललाई जारी राखेको छ।

एकीकृत माओवादीले शनिबार नेपाली काँग्रेस र मधेशी जनअधिकार फोरम नेपालसँग छलफल गरेको छ। छलफलमा दुबै दलले शान्ति प्रक्रियाका विषयमा विश्वासिलो आधार तयार गर्न माओवादीलाई आग्रह गरेका छन्। सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा काँग्रेसले सेना समायोजन, सम्पत्ति कब्जा फिर्ता र वाइसिएलको अर्धसैनिक संरचना विघटनबारे माओवादीले आधार तयार गरेपछि मात्रै राष्ट्रिय सरकार गठन हुन सक्ने अडान दोहोर्‍याएको छ। छलफलपछि काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीसँग जेठ चौधमा भएको सहमतिको पहिलो बुँदा कार्यान्वयनमा जोड दिइएको जानकारी दिनुभयो।
छलफलपछि माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय सरकार गठन गरेरै अगाडि बढ्न दुई दलबीच सहमति भएको जानकारी दिनुभयो।
एकीकृत माओवादीले मधेशी जनअधिकार फोरम नेपालसँग पनि सरकार गठनबारे छलफल गरेको छ। सिंहदरबारस्थित फोरमको संसदीय दलको कार्यालयमा भएको छलफलमा फोरमले शान्ति प्रक्रियाका विषयमा अन्य दलले उठाउँदै आएका विषय सम्बोधन गर्न माओवादीलाई आग्रह गरेको छ। छलफलपछि फोरमका सहअध्यक्ष जयप्रकाश प्रसाद गुप्ताले लडाकू समायोजन र मधेश आन्दोलनमा भएका सहमति कार्यान्वयनमा माओवादी सकारात्मक भए उसको नेतृत्वलाई समर्थन गर्न सकिने बताउनु भयो।

छलफलमा परिवर्तनकारी शक्तिहरु मिलेर अघि बढ्न समेत दुई दल सहमत भएका छन्।

Comments :

0 comments to “आफ्नै नेतृत्वमा सरकार गठन गर्न माओवादी छलफलमा व्यस्त”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger