Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

पहिलेका सम्झौता कार्यान्वयन गरे माओवादी सरकार- ११ दल

हाम्रो संखुवासभा समाचारदाता
कांग्रेससहित सत्तासाझेदार ११ दलले जेठ १४ गते भएको सहमति कार्यान्वय भएमात्र माओवादीसहितको राष्ट्रिय सरकार गठन गर्न सकिने ठहर गरेका छन् । उनीहरुले विगतका सम्झौता कार्यान्वयनमा माओवादी सकारात्मक नभएकोमा चिन्ता व्यक्त गरेका छन् ।

बैठकमा २५ सै दलको सहभागितामा सरकार बनाउन, तीनबुँदे सम्झौताको शान्तिप्रक्रियाको बुँदा कार्यान्वयन गर्न र संविधान लेखनलाई अघि बढाउनुपर्नेमा सहभागी नेताहरुले जोड दिएको कांग्रेस महामन्त्री विमलेन्द्र निधिले जानकारी दिए ।
बैठकमा कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले राष्ट्रिय सहमति बनाउने कांग्रेसको पहिलो प्राथमिकता भएको बताए । उनले माओवादी विगतमा भएका सम्झौता कार्यान्वयनमा उदासीन देखिएको धारणा व्यक्त गरे ।
दस दलको बैठकपछि मधेसी जनअधिकार फोरम र कांग्रेसबीच पनि छलफल भएको छ ।

Comments :

0 comments to “पहिलेका सम्झौता कार्यान्वयन गरे माओवादी सरकार- ११ दल”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger