छेटु शेर्पा
सङ्खुवासभा समाचारदाता
सङ्खुवासभा असार २१ गते । पूर्वका १६ जिल्ला शिक्षा कार्यालयमा सङ्खुवासभा प्रथम भएको छ । कार्य सम्पादन प्रगति तथ्याङ्क उपलब्ध शैली र समय अभिलेख व्यवस्थापनसमेतका सूचकका आधारमा शिक्षा विभागले सङ्खुवासभा शिक्षा कार्यालयलाई उत्कृष्ट घोषणा गरेको जिशिअ दीर्घध्वज चापागाईले बताउनुभयो ।
मूल्याङ्कनमा झापा दोश्रो र धनकुटा तेश्रो भएका छन् । सङ्खुवासभा शिक्षा कार्यालयले प्रथम भएर २० हजार रुपैयाँ नगद प्राप्त गरेको छ । २ वर्षअघि पनि जिशिका प्रथम र गत वर्ष दोश्रो भएको थियो ।
Browse » Home » » सङ्खुवासभा शिक्षा कार्यालय पूर्वमै उत्कृष्ठ
सङ्खुवासभा शिक्षा कार्यालय पूर्वमै उत्कृष्ठ
Subscribe to:
Post Comments (Atom)
Comments :
0 comments to “सङ्खुवासभा शिक्षा कार्यालय पूर्वमै उत्कृष्ठ”
Post a Comment