Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

पहिरोले घर बगाउँदा आमाछोराको मृत्यु

टेकनारायण भट्टराई
, पाल्पा, असार २७- अविरल वर्षाका कारण शनिबार राति स्याड्जामा पहिरोले घर बगाउँदा एकै घरका आमाछोराको ज्यान गएको छ। स्याङ्जा फेदिखोला गाविस जोगीस्थानका २७ बर्षीय गंगा महत र उनका ४ बर्षीय छोरा कुशलको मृत्यु भएको प्रहरीले जनाएको छ।घरमा सुतिरहेका बेला राति खसेको पहिरोले घरको आधाभाग बगाउँदा दुई आमाछोराको ज्यान गएको हो।

सोही घरमा सुतिरहेका परिवारका अन्य ४ सदस्य भने भागेर बच्न सफल भएका छन्। प्रहरीले घरको पछिल्लो भाग पहिरोले बगाएका कारण पछाडी सुतेका दुई आमाछोराको मृत्यु भएको र अघिल्लो भागतर्फ सुतेकाहरू बचेका बताएको छ।
आइतबार बिहान प्रहरी, सेना र स्थानीयले आमाछोराको लास हिलोबाट बाहिर निकालेका छन्। प्रहरी नायव उपरिक्षक उत्तम सुबेदीले पहिरोमा पुरिएका उनीहरूको लास निकाल्न निकै समय लागेको बताए

Comments :

0 comments to “पहिरोले घर बगाउँदा आमाछोराको मृत्यु”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger