Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

माओवादीले समायोजन खाका ल्याउने

हाम्रो संखुवासभा समाचारदाता
माओवादीले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि थपिएको पाँच दिनभित्र सहमति जुटाउन अन्य राजनीतिक दलसँगको छलफललाई तीव्र पार्ने निर्णय गरेको छ । उसले छलफलका लागि पेस गर्ने शान्तिप्रक्रिया र सेना समायोजनलगायतका खाकासमेत ल्याउने भएको छ ।

माओवादी पदाधिकारीको शुक्रबार बसेको बैठकले अन्य दलसँग छलफलका लागि पेस गर्ने खाका शनिबार सार्वजनिक गर्ने निर्णय गरेको हो । बैठकले खाका तयार पार्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
माओवादीले पेस गर्ने खाकामा बेपत्ता नागरिक सार्वजनिक, वाइसिएल संरचना, द्वन्द्वकालमा राज्य र विद्रोहीपक्षबाट कब्जा गरिएको भनिएका घरजग्गा र सेना समायोजनलगायतका विषय रहेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।
'बेपत्ता नागरिक, वाइसिएल, घरजग्गा, सेना समायोजनका विषयमा हामीले छलफल गरेका छौँ,' उपाध्यक्ष प्रकाशले बैठकपछि भने, 'त्यसलाई हामी शनिबार सार्वजनिक गर्छौँ ।'
माओवादीले यसअघि नै अन्य राजनीतिक दलसँग छलफलका लागि पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा उपाध्यक्षद्वय मोहन वैद्य किरण र डा. बाबुराम भट्टराई सदस्य रहेको कार्यदल बनाएको छ । बैठकले प्रधानमन्त्री माधवकुमार नेपाल र पार्टी अध्यक्ष प्रचण्डबीच कुनै गोप्य सहमति नभएको भन्दै सञ्चारमाध्यममा आएका समाचार भ्रमपूर्ण रहेको दाबीसमेत गरेको छ ।

Comments :

0 comments to “माओवादीले समायोजन खाका ल्याउने”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger