हाम्रो संखुवासभा समाचारदाता
बागलुङ । नेपाल र नेपालीको अस्तित्व बचाइराख्नका लागि जातीय राज्यघातक हुने शनिबार बागलुङमा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । क्षत्री समाज बागलुङले स्थापना दिवसको अवसरमा आयोजना गरेको ‘जातीय सदभाव र राष्ट्रिय अखण्डता, सबैको आवश्यकता’ विषयक अन्तक्रिर्याका सहभागीले जातीय नाराले वैदेशिक हस्तक्षेप बढ्दै गएको समेत दाबी गरे ।
केही राजनितिक दलले आफ्नो चुनावी वर्चस्व कायम राख्न जातीय नारा दिँदै आएको चर्चा गर्दै सहभागीले भने- ‘सम्पूर्ण नेपाली सार्वभौम भै बाँच्नका लागि क्षत्री समाजले उठाएको नारा जायज छ ।’कार्यक्रममा अञ्चल प्रहरी कार्यालयका प्रमुख पूर्णसिंँह खड्काले जातीय राज्यले राष्ट्रियता र समाजिक सदभाव कमजोर बन्दै जाने चर्चा गर्दै मुलुकलाई भोलि उत्पन्न हुने खतराबाट बचाउनका लागि जातीय नारा छोडेर सबै नेपाली एक हुनुपर्ने बताउनुभयो ।सो अवसरमा नेपाली कांग्रेसका रत्नबहादुर केसी, एमालेका मना केसी, राष्ट्रिय जनमोर्चाका धर्म कुँवर, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्याय, नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्ष हरिनारायण गौतम, नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जब्बरबहादुर लामिछाने, महिला प्रतिनिधि माया खड्का लगायतले नेपालमा कुनै पनि जाति अहिलेसम्म बहुमतमा नभएकाले मुलुक सबै जातजातिको एउटै फूलबारी हुनुपर्नेमा जोड दिनुभयो ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “नेपालका लागि जातीय राज्यघातक”
Post a Comment