Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

\'वैदेशिक रोजगारी सुरक्षित बनाऊ\' माइती नेपाल

हाम्रो संखुवासभा समाचारदाता
भैरहवा , अषाढ २६ - खाडी मुलुक जाने महिलाको रोजगारी सुरक्षित बनाउनुपर्ने सुझाव सरोकारवालाले दिएका छन् ।

वैदेशिक रोजगार प्रबर्द्धन बोर्ड र माइती नेपालद्वारा भैरहवामा आयोजित \'वैदेशिक रोजगार तथा महिला कामदारमाथि हुने हिंसा\' विषयक अन्तर्त्रिmयका सहभागीले भारतीय महिला कामदार सरह नेपाली महिला कामदारको पनि समान पारिश्रमिक हुनुपर्ने माग राखे ।
माइती नेपालका अधिकृत सबिन गुरुङले कार्यपत्र पस्तुत गर्दै खाडी मुलुकमा जान शुल्क नलाग्ने हुँदा अधिकांश महिला पर्यटक भिसामा जाने गर्नाले जोखिममा पर्ने गरेको बताए ।\'उनीहरूको रोजगारीलाई सुरक्षित बनाउन सरकारले खाडी मुलुकहरूमा श्रम समझौता कामदारलाई तालिम प्रदान गरेर दक्ष बनाउन जरुरी छ\' गुरुङले भने- अवैध रूपमा भारतीय हवाईमार्गबाट त्यता जान रोक्न सरकराले कूटनीतिक पहल गर्नुपर्छ । कामदारलाई उद्धार गर्न सम्बन्धित देशका नेपाली राजदूतावासमा कोष खोल्नुपर्ने बताए

Comments :

0 comments to “\'वैदेशिक रोजगारी सुरक्षित बनाऊ\' माइती नेपाल”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger