हाम्रो संखुवासभा समाचारदाता
डेढ महिना अघि मलेशिया पुगेका १६ जना नेपाली मजदुर अहिले अलपत्र परेका छन् । राजधानी कोलालाम्पुरमा ३ घण्टा लामो बसको यात्रापछि पुगिने पेराक राज्यको इपो लेटेस्ट ग्लोव कम्पनीमा कार्यरत नेपाली मजदुर अलपत्र परेका हुन् ।
५वटा मेनपावर कम्पनीबाट गएका उनीहरु अलपत्र परेका हुन् । १४०० रिगेट अर्थात लगभग नेपाली ३३ हजार रुपैयाँ खर्च गरि ४ वटा टेक्सी रिजर्भ गरेर उनीहरु केहि दिन अघि क्वालालम्पुर आईपुगेका थिए । तर, कम्पनीले भनिएजति पारिश्रमिक नदिएपछि उनीहरु चिन्तित छन् । मलेसियास्थित नेपाली दुतावासको सहयोगमा घर फर्कने तयारी गरिरहेका उनीहरुमध्ये ७ जनाको घर फर्कन नेपालबाट टिकट आईसकेको बताइएको छ ।
Subscribe to:
Post Comments (Atom)
Comments :
0 comments to “मलेशिया पुगेका १६ नेपाली मजदुर अलपत्र”
Post a Comment