Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

संखुवासभामा दुर्घटना, १९ घाइते

हाम्रो संखुवासभा समाचारदाता
असार २३, खाँदबारी । संखुवासभामा हिजो साँझ भएको सवारी दुर्घटनामा परी चालक सहित १९ जना घाईते भएका छन । मानेभाज्याङबाट बाट चन्दनपुर तर्फ जादै गरेको ना १ च ८४०२ नंम्बरको महिन्द्रा जिप सडक बाट अचनाक खस्दा सितलपाटी १ डाढे भिरमा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका १९ जना मध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाईते हुनेहरुमा संखुवासभा सितलपाटी ४ का तिलक कार्की सोहीस्थानका जिवन रोक्का ३० बर्षिय केशव दाहाल नविन वि क १४ बर्षिय किसन गुरुङ र १७ बर्षिय महेश निरौला रहेका छन ।
घाईते सबैको जिल्ला अस्पतामा उपचार भईरहेको छ भने गम्भिर घाईतेहरुलाई थप उपचारको लागी अन्यत्र लैजाने तयारी भईरहेको पूर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Comments :

0 comments to “संखुवासभामा दुर्घटना, १९ घाइते”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger