Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

बर्षाका कारण सुकेटार बिमानस्थल बन्द


रविन भट्टर्राई/ताप्लेजुङ
असार २३, ताप्लेजुङ जिल्लाको एक मात्र सुकेटार विमानस्थलमा हवाईसेवा ठप्प भएको छ । बर्खायाम सुरु भएको भन्दै हवाई विभागले सेवा ठप्प पारेको हो । विमानस्थलमा एक मात्र नेपाल वायुसेवा निगमले हवाईसेवा सञ्चालन गर्दै आएको थियो । हप्ताको दुर्इ दिन आईतवार र बुधवार सेवा सञ्चालन गर्दै आएको निगमले तीन महिनाका लागि सेवा ठप्प भएको जनाएको छ ।
निगमले बिगतमा पनि असार १५ देखि तीन महिनाका लागि सेवा अबरुद्ध गर्दै आएको थियो । तर यो बर्षभने असार लाग्न नपाउदै देखि सेवा अबरुद्ध हुँदै आएको थियो । बर्खायाममा मैदानमा पानी जम्ने र जहाज अबतरण तथा उडान गर्न नसकिने भएकोले सेवा ठप्प पारिएको निगमका ताप्लेजुङ स्थित स्टेसन मेनेजर नरजङ थलङले बताए । २०२९ सालमानै बनेको विमानस्थल हाल सम्म ग्राभेलि हुन सकेको छैन

Comments :

0 comments to “बर्षाका कारण सुकेटार बिमानस्थल बन्द”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger