Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

चर्चित र्‍याप गायक सुदिन पोखरेलको मागी होइन भागी विवाह

हाम्रो संखुवासभा समाचारदाता
र्‍याप गायक तथा कान्तिपुर टेलिभिजनका खेलकुद समाचारवाचक सुदिन पोखरेल अनायसै वैवाहिक बन्धनमा बाँधिएका छन् । कुनै चलचित्रको कथा झै लाग्ने उनको विवाह मागी नभएर भागी विवाह भयो, त्यो पनि सुटुक्क । विराटनगरबाट हवाइजहाजमा उडाएर उनले आफ्नी प्रेयसी रश्मी रिजाललाई काठमाडौं ल्याइ विधिवत् विवाह गरेका छन् । रश्मी र सुदिन दुवै विराटनगरका हुन् । एक वर्षअघि सुदिन र रश्मीबीच मागी विवाह हुने पारिवारिक सल्लाह भएको थियो । यद्यपि विवाहको कुरा सकारात्मक ढंगबाट अघि बढेन । पारिवारिक अवरोध आए पनि मागी विवाहका लागि चिनजान भएको यो जोडी विस्तारै प्रेममा पर्न थाल्यो । खेलकुद पत्रकारितामा कहलिएका एवं र्‍याप समूह 'द युनिटी' का 'डिए ६९' उपनाम भएका यी र्‍याप गायक सुदिनको रश्मीसँगको प्रेम झाँगिदै गयो । अन्त्यमा उनीहरू एक अर्काबिना बस्नै नसक्ने अवस्थामा पुगे । दुवैबीच प्रेम भैसकेको थाहा पाए पनि परिवारले चासो नदिएपछि रश्मीलाई भगाउने निर्णय गर्नुपरेको सुदिन बताउँछन् ।
साथी आसिफ शाहको सहयोग लिएर गत सोमबारको अन्तिम फ्लाइटमा सुदिन विराटनगर पुगे । सुदिनसँग जीवन बिताउने निधो गरेकी रश्मी पनि सुदिनको निर्णयमा सहमत भइन् र मंगलबार दिउँसोको फ्लाइटमा उनीहरू काठमाडौं आए । हवाइजहाजबाट झर्ने बित्तिकै उनीहरू बालाजुस्थित पुरानो गुह्येश्वरीको मन्दिर पुगे । जहाँ सुदिनका अर्का मित्र योपेश प्रधान र साथीहरूले विवाहका लागि आवश्यक जोरजाम गरिसकेका थिए । सुदिन सुटमा सजिए भने रश्मीलाई पनि दुलहीको पहिरनमा सजाइयो । गुह्येश्वरी भगवतीलाई साक्षी मानेर उनीहरूको विधिवत् विवाह सम्पन्न भयो । अब उनीहरू बाहिरै बसेर अभिभावकहरूलाई मनाउने र त्यसपछि विधिवत् वैवाहिक जीवन बिताउने योजनामा छन्

Comments :

0 comments to “चर्चित र्‍याप गायक सुदिन पोखरेलको मागी होइन भागी विवाह”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger