Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

मागेको पैसामा भागबण्डा नमिल्दा भिखारीद्वारा खुकुरी प्रहार

हाम्रो संखुवासभा समाचारदाता
मोरङ, असार २९ । भिख मागेको पैसामा भागबण्डा नमिल्दा विराटनगर-८ स्थित कालीमन्दिर अगाडि भिख माग्ने एक भिखारीले अर्का भिखारीलाई मंगलबार खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

मन्दिर अगाडि भिख माग्न बसेका सुनसरीको इटहरी घर भएका सुरज कार्कीले धरान-१६ का दीपक परियारलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।
घाइते परियारको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विराटनगरमा रहेका आधादर्जन मन्दिरमा दर्जनौं भिखारी सााझ बिहान खुल्लारूपमा भिख माग्नबस्ने गरेका छन् । आफूलाई बेसहारा र दीनहीन बताउदै भिख माग्न बसेका भिखारीको संख्या दिनहुँ बढ्दैछ ।विराटनगरको कालीमन्दिर, बगलामुखी, दुर्गामन्दिर, रामजानकी मन्दिरलगायतका विभिन्न स्थानमा रहेका मन्दिरमा भिखमाग्नेको साँझ बिहान घुँइचो लाग्ने गरेको छ

Comments :

0 comments to “मागेको पैसामा भागबण्डा नमिल्दा भिखारीद्वारा खुकुरी प्रहार”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger