छेटु शेर्पा
सङ्खुवासभा । कच्ची र धुले सडक वर्षातले हिलाम्मे बनेपछि सङ्खुवासभाको तुम्लिङटार- छ्याङकुटी सडकको यात्रुहरु गाडी तान्दै र ठेल्दै यात्रा गर्न बाध्य छन् । यहाँ कच्ची सडकको परिणम गाडीबाट ओर्लनु र ठेल्दै यातायात साचालन गर्न थालिएको छ ।
खाँदबारी नगरपालिका- १३ को सभाखोलाबाट छ्याङकुटी ३४ किलोमिटर सडकमा यातयात साचालन गरेको भन्दा पनि बढी सास्ती खेप्न बाध्य छन् । वर्षातसित जीर्ण सडकमा पानी र हिलो जम्ने खाल्डाखुल्डी बन्ने भएपछि गाडीहरु गुड्न सक्दैनन् । असारदेखि असोज पहिलो सातासम्म यसरी नै गाडी ठेलेर र तानेर गुडाउने गरेको ना१ख ८५२ का चालक रोशन देउजा भन्नुहुन्छ सडक मर्मत नगर्दा यात्राका नाममा यात्री समस्या भोग्न वाध्य भएका हुन् ।
यता सदरमुकाम खाँदबारी देखि सित्तलपाटीम्म १८ किलोमिटर खण्डको खवर पनि उस्तै छ । कच्ची धुलौटे सडकमा ट्याक्टरले ठूलठूला डोब बनाउँदा साना ट्याक्सी गुड्न सक्दैनन् । यहाँ पनि ट्याक्सी ठेलेर र तानेर नै साचालन हुन्छन् ।
स्थानीय निकाय र उपभोक्ता समितिले खनेका सडक प्रायः जीर्ण छन् । आफ्नो गाउँमा सडक पुर् याउन हौसिएका उपभोक्ता सडक खनेपनि मर्मत खर्च नभएर सहज रुपमा गाडी साचालन गर्न सक्दैनन् । स्थानीय निकायले सडक खन्न रकम दिएपनि मर्मतका लागि नदिँदा समस्या भएको उद्योग वाणिज्य संघका अध्यक्ष श्यामसुन्दर उदास बताउनुहुन्छ । यहाँ करिव ५० ट्याक्सी ३६ ट्याक्टर १२ मिनी ट्रक र सयबढी मोटरसाइकल चल्छन् । सडकमा गाडीको चाप दिनदिनै बढेपनि सडक मर्मत गर्न थालिएको छैन ।
जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद निरौला उपभोक्ताहरु निर्माण भएका सडक मर्मतभन्दा नयाँ खन्ने योजना लिएर आउनाले जीर्ण सडकहरु मर्मत नभएको बताउछन् । बनेका सडक मर्मतका लागि उचित योजना लिएर आएमा जिविसले योजना साचालन गर्ने उहाँको भनाइ छ ।
सडक पुगेका उपभोक्ताले सडक मर्मतका लागि रकम माग गरेपनि रकमअभावमा उपलब्ध गराउन समस्या हुने गरेको खाँदबारी नगरपालिका जनाउछ । खाँदबारी नगरका १३ वटै वडामा सडकको कच्ची डोब बनिसकेको छ । नगरका दर्जनबढी ग्रामीण सडक पूरै मर्मत गर्न ढिला भइसकेको नगरका कार्यकारी प्रमुख टेककुमार रेग्मी बताउनुहुन्छ । नगरमा सीमित बजेटका कारण सडकहरु मर्मत गर्न नसकेको कार्यकारी प्रमुख रेग्मीको जिकिर छ ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “गाडी तान्दै र ठेल्दै यात्रा”
Post a Comment