हाम्रो संखुवासभा समाचारदाता
असार २९, काठमाडौं । संविधानसभा कार्य व्यवस्था परामर्श समितिको वैठकले बहुमतको आधारमा प्रधानमन्त्रीको चयन गर्ने प्रकृया र मिति तय गरेको छ ।
आज मध्यान्ह वसेको समितिको वैठकले साउन ५ गते विहान ११ वजे व्यवस्थापिका संसदको वहुमतका आधारमा प्रधानमन्त्रीको चयन गरिसक्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री पदको उम्मेदवारीका लागी साउन ४ गते अपरान्ह ५ वजे सम्मको समय रहने भएको छ। कार्यव्यवस्था समितिले प्रधानमन्त्री चयनको प्रकृयाका बारेमा गरेको निर्णयलाई आजै वसेको व्यवस्थापिका संसदको वैठकले स्वीकृत गरेको वैठक पछि सभाध्यक्ष सुभाष चन्द्र नेम्वाङले जानकारी दिनु भयो ।
दलहरुले १२ दिन सम्म पनि राष्ट्रिय सहमतिको सरकार गठन गर्न नसकेका कारण बहुमतिय सरकार निमार्णका लागि व्यवस्थापिकामा प्रकृया शुरु भएको हो ।
सहमतिय राजनीतिवाट वहुमत र अल्पमतको अंक गणितिय खेल सुरु भएपछि अव सभासद खरिद विकि्रको पुरानो फोहोरी राजनीतिको सुरुवात हुने विश्लेषकहरुको भनाई छ ।
अल्पमत र वहुमतको गणितीय हिसाव कितावले संविधान निर्माण र शान्ती प्रकृयालाई धरापमा पार्ने र गणतान्त्रिक व्यवस्थामा पनि वहुदलिय व्यवस्थाको १२ वर्षिय संसद किन वेचको खेलले स्थान पाउने भन्दै सर्वसाधारणमा उदासिनता वढदै गएको छ ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “साउन ५ गते प्रधानमन्त्री पदका लागि चुनाव”
Post a Comment