संखुवासभा समाचारदाता
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सनोठिमी २०६६ सालको प्रवेशिका (एसएलसी) को परीक्षाफल भोलि शुक्रबार प्रकाशित गर्ने तयारीमा जुटेको छ । कार्यालयले आजसम्म सबै परीक्षार्थीको प्राप्ताङ्क नम्बर दर्ता गरी रुजु गर्ने कार्य सम्पन्न गरी परीक्षाफल प्रकाशनको अन्तिम तयारीमा जुटेको जानकारी दिएको छ ।
केही त्रुटी छ कि भनेर अन्तिम पटक शुक्रबार नै रुजु गरी अपराहृन नै बोर्ड बैठक राखेर साँझसम्म परीक्षाफल प्रकाशित गर्ने तयारीमा जुटेको बताइएको छ ।
प्राविधिक त्रुटी नदेखिए भोलि नै परीक्षाफल प्रकाशित हुन्छ, प्राविधिक त्रुटी देखिए मात्र शनिबार पुग्ने स्रोतले जनाएको छ ।
यसवर्ष विगतका वर्ष झंै राति परीक्षाफल प्रकाशित नगरी उज्यालोमै परीक्षाफल प्रकाशित हुने तयारी गरिएको कार्यालयले जनाएको छ ।
परीक्षाफल प्रकाशित भएपछि परीक्षार्थीले मोबाइलबाट एसएमएस, इन्टरनेट, एफएम रेडियोलगायतबाट परीक्षाको नतिजा थाहा पाउन सक्नेछन् ।
यसवर्ष कुल चार लाख ५६ हजार ४१९ जना परीक्षार्थी परीक्षामा सहभागी भएका छन् ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “एसएलसीको परीक्षाफल भोलि”
Post a Comment