हाम्रो संखुवासभा समाचारदाता
१७ असार, । राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार गठनको लागि सहमति जुटाउन दलहरुलाई ६ दिनको समय दिनु भएको छ । सहमतिका आधारमा प्रधानमन्त्री चयन र मन्त्रिपरिषद गठनको आग्रह गर्दै उहाँले आउँदो २३ गते बुधवारसम्मको समय दिनु भएको हो ।
संविधानको धारा ३८ को १ अनुसार राष्ट्रिय सहमतिको सरकार गठन नभए राष्ट्रपतिले संविधानको धारा ३८ को २ बमोजिम बहुमतीय सरकारका लागि फेरि आह्वान गर्नुहुनेछ ।
प्रधानमन्त्री माधबकुमार नेपालले गठबन्धन सरकार गठन भएको १३ महिनापछि "शान्ति स्थापना र संविधान निर्माणमा सहज वातावरण बनाउन" भन्दै बुधबार राजीनामा दिनु भएको थियो । अर्को सरकार गठन नभएसम्म प्रधानमन्त्री नेपालले नै कामचलाउ सरकारको नेतृत्व गर्नुहुनेछ ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “नयाँ सरकार गठनको लागि ६ दिने म्याद”
Post a Comment