Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

नेपाली काँग्रेसले आज मधेसी मोर्चालाई पत्र पठाउने

हाम्रो संखुवासभा समाचारदाता

साउन १६, काठमाडौं । प्रधानमन्त्री पदमा दावी गरिरहेको नेपाली काँग्रेसले आफ्नो उम्मेदवारको पक्षमा समर्थन जुटाउने प्रयासमा आज संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई पत्र पठाउँदै छ ।मधेशी मोर्चाले सार्वजनिक गरेको १६ बुँदे आधारपत्रबारे लिखित जवाफ पठाउने विषयमा काँग्रेस पदाधिकारीहरुको बैठक अहिले बसिरहेको छ । कार्यवहाक सभापति सुशील कोइरालाको निवास महाराजगाजमा जारी सो बैठकमा मधेशी मोर्चाका कुन कुन मागमा समर्थन गर्ने भन्ने बारे छलफल भइरहेको छ ।साथै मोर्चालाई पठाउने पत्रलाई बैठकले अन्तिम रुप दिनेछ भने सो पत्र आजै बिहान ११ बजे मोर्चालाई पठाइने जनाइएको छ ।

Comments :

0 comments to “नेपाली काँग्रेसले आज मधेसी मोर्चालाई पत्र पठाउने”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger