Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

जुधाउँदा डुब्यो कसम हजुरको र हलचल

हाम्रो संखुवासभा समाचारदाता


साधै आपसमा मिल्ने दुई निर्मात्रीले आपसमा फिल्म जुधाउँदा एकातिर उनीहरुको मित्रता टुटेको छ। अर्को तिर यी दुबै निर्मात्रीको फिल्म असफल भएको छ।

प्रसंग हो, गत साता राजधानीमा आपसमा जुधेको दुई फिल्म कसम हजुरको र हलचल। आपसमा जुधेकै कारण यी दुबै फिल्मले राम्रो व्यापार गर्न सकेनन्। नजुधेको भए अर्थात दुईसाता अघि पछि मात्र रिलिज गरिएको भए पनि दुबै सिनेमाले राम्रो ब्यापार गर्ने सिनेमाहल सञ्चालकहरु बताउँछन्।
कसम हजुरकोको निर्माण कृषा चौलागाईले गरेकी हुन्। हलचलको निर्मात्री भने जेनी कुँवर हुन्। यो दुबै सिनेमा युवा पुस्तालाई लक्षित गरेर बनाईएको थियो। एकै किसिमको फिल्म एकै समयमा रिलिज गरिँदै दुबै फिल्मको बजार बिग्रिएको छ।
कसम हजुरकोको रिलिज दुई साता अघि काठमाडौं र मोफसलका विभिन्न सहरबाट गरिएको थियो। यस्तै हलचलको रिलिज पनि गत साता काठमाडौं र मोफसलका डेढ दर्जन शहरबाट एक साथ गरियो। यी दुबै फिल्म आसपमा जुधेर दुबैको बजार बिग्रियो। यो कुरालाई निर्मात्री कृषा चौलागाई र नायिका तथा निर्माता जेनी कुँवर दुबैले स्विकारेका छन्।
काठमाडौंमा हलचल अझै राम्रै चलिरहेको छ। तर कसम हजुरको भने राजधानीका मुख्य हलबाट हटिसकेको छ। सो फिल्मको ठाउँमा ऋषि लामिछानेको फिल्म आफ्नो मान्छे आफ्नै हुन्छ रिलिज भएको छ। निर्देशक रामराज दाहालले कसम हजुरकोको निर्देशन गरेका हुन्। आफुले सोचे जस्तो बम्पर हिट कसम हजुरको हुन नसकेको यी निर्देशकले पनि स्विकारेका छन्। तर काठमाडौं बाहिर भने यो फिल्मले राम्रो व्यापार गरिरहेको उनले बताए। जसमा रेखा थापा, राजबल्लभ कोईराला, जीवन लुईटेल सहितका कलाकारको अभिनय रहेको छ।
यस्तै हलचलको निर्देशन सुनिल पाण्डेले गरेका हुन्। यो फिल्मबाट उनी निकै आशाबादी थिए।तर फिल्मले मध्यम खालको व्यापार काठमाडौंमा गरेपछि उनी त्यत्ति खुसी छैनन्। जेनी आफैंले यसमा मुख्य नायिकाको भूमिका निभाएकी छन्। जसमा निखिल उप्रेती, मुकेश ढकाल लगायतका कलाकार छन्। यो फिल्मले पनि राजधानीको तुलनामा मोफसलमा भने राम्रै व्यापार गरेको छ। यसरी अपसमा फिल्म जुधाउँदा व्यापार बिग्रिएपछि दुबै निर्माता यतीबेला पछुताएका छन्।

Comments :

0 comments to “जुधाउँदा डुब्यो कसम हजुरको र हलचल”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger