रविन भट्टराई
ताप्लेजुङ असार २२ नेपाल टेलिकम ताप्लेजुङ शाखाले विद्यार्थीको सुविधाको लागि विद्यार्थी सिमकार्ड वितरण सुरु गरेको छ ।
नेपाल टेलिकम ताप्लेजुङ शाखा प्रमख राजेशकुमार तपदारले दिनुभएको जानकारी अनुसार आइतबारदेखि बिहिबारसम्म सिमकार्ड वितरण गरीने बताइएको छ ।
पाँच सय रुपैयाँ ब्यालेन्स भएको पाँच सय १० रुपैयाँ पर्ने सो सिमकार्ड लिनको लागि विद्याथिले आफ्नो परिचय पत्र नागरिकताको प्रतिलिपि लिएर आउनुपर्ने कार्यालयले जनाएको छ । नेपाल टेलिकम ताप्लेजुङ शाखाले पाँच दिनमा २ हजार सिमकार्ड वितरण गर्ने प्रमुख तपदारको भनाई रहेको छ ।
Subscribe to:
Post Comments (Atom)
Comments :
0 comments to “ताप्लेजुङका विद्यार्थीलाई सिमकार्ड”
Post a Comment