Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

नायिका ऋचा घिमिरे चिन्तै चिन्ताको भुमरीमा

संखुवासभा समाचारदाता
नायिका ऋचा घिमिरे अहिले चिन्तै चिन्ताको भुमरीमा परेकी छिन् । निर्माणाधिन चलचित्र 'तुलसी' मा क्यामेरा नपाएर सो चलचित्रको छायाँकन एकाएक रोकिन पुगेपछि चिन्तामा परेकी ऋचालाई अहिले बुवाको चिन्ताले सताएको छ ।

ऋचा अहिले उच्च रक्तचाप र चिनीरोगका कारण बिरामी भएका आफ्ना बाबु पवनकुमार घिमिरेको चिन्ताले ग्रसित छिन् । चाबहिलको मेडिकेयर नर्सिङहोममा आफ्नो बुवाको उपचार गराईरहेकी ऋचाले बुवाको अवस्था चिन्ताजनक रहेको बताएकी छिन् । एक महिना देखि बुवाको उपचार गर्दै आएकी ऋचाले बुवालाई कहिले ज्वरो त कहिले दमले च्यापी रहेको बताइन् ।
बुबाको स्वास्थ्यका कारण चिन्तित भएकी ऋचालाई चलचित्र वीरताको चिनोको चिन्ताले पनि सताएको छ । बिदेशमा चलचित्र प्रदर्शन गर्ने तयारीमा रहेकी ऋचालाई भिसा पाइएला कि नपाइएला भन्ने चिन्ताले सताएको छ । उनको चलचित्र वीरताको चिनोको एक महिनापछि अस्ट्रेलिया र लन्डनमा प्रिमियर गरिँदै छ तर चलचित्रको प्रिमियरमा जाने टुङो अझै लागेको छैन । प्रिमियरमा जान उनका श्रीमान् तथा चलचित्रका निर्देशक शंकर घिमिरेले आवश्यक पहल गरिरहेका छन् । अस्ट्रेलिया र लन्डनमा प्रिमियर गरेपछि चलचित्रलाई अमेरिका र युरोपियन मुलुकमा समेत लैजाने योजनामा छिन् ऋचा ।

Comments :

0 comments to “नायिका ऋचा घिमिरे चिन्तै चिन्ताको भुमरीमा”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger