Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

कस्तो अचम्म ८ बर्षमा प्रेम ९ बर्षमा बच्चा !

हाम्रो संखुवासभा समाचारदाता
नौ बर्षीया बालिकाले बच्चा जन्माइन तपाई अचम्ममा पर्नुभयो होला हगि ? हो मलेशियाको एक समाचारपत्रमा प्रकाशित एक खबरले संसारभरका मानिसहरूलार्इ अच्चममा पारेको छ । मलेसियामा एक स्कूल जाने नौ बर्षिय बालिकाले बच्चा जन्माएकी छिन् । समाचारपत्रका अनुसार उक्त बालिकाको छिमेकमा रहेका एक १४ बर्षिय बालकसंग प्रेम सम्बन्ध रहेको समेत लेखेका छन । उनको सो युवकसँग आठ बर्ष हुँदादेखि प्रेम रहेको बुझिएको छ । आजभोलि आठ बर्षमा प्रेम भयो भन्दा आश्चर्य त नमाने भयो, तर ९ बर्ष बच्चा यो चाहि आश्चर्य नै होइन त ?

यस समाचारबाट मलेशियाका वेलफेयर एण्ड केयरिंग सोसाइटीका अध्यक्ष्य फी बून स्तव्ध भएका छन। उनले यस मामिला अत्यन्त गम्भिर भएको हुनाले उनको क्षेत्रमा रहेका सबै बिभागहरूलार्इ यस बारेमा अनुसन्धान गर्न लगाएका छन ।
बूनका अनुसार यति कम उमेरमा राखिएको शारीरिक सम्बंधलार्इ कानूनले बलत्कार मान्नुपर्ने रनय समेत व्यक्त गरेका छन । यस अलावा जुन अस्पतालमा उक्त बालिकाले बच्चा जन्माए त्यसलार्इ पनि यस खबर लुकाएको कारण कार्वाही गर्नुपर्ने भने ।
समचारका अनुसार आठ बर्षको उमेरमा प्रेम गरेर जन्मेको उक्त बच्चालार्इ बालिकाको हजुर आमाले पालीरहेको छ। उनै हजुरआमाले एक गैर सरकारी संगठन मार्फत यस खबरलार्इ पत्रिकामा दिएका थिर्इन ।

Comments :

0 comments to “कस्तो अचम्म ८ बर्षमा प्रेम ९ बर्षमा बच्चा !”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger