हाम्रो संखुवासभा समाचारदाता
ओखलढुङ्गामा एमाले कार्यकर्ता हत्याको विषयलाई लिएर नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल लगायतका नेताहरुले दिएको पछिल्लो अभिव्यक्तिको जनमुक्ति सेना नेपालले आपत्ती जनाएको छ । जनमुक्ति सेना नेपालका प्रवक्ता बलदेवद्वारा सोमबार जारी विज्ञप्तिमा ओखलढुङ्गा जिल्लामा अज्ञात समूहद्वारा हत्या गरीएको भनिएका व्यक्तिका सन्दर्भमा मात्र होइन की कुनै पनि त्यस्तो घटनामा संलग्न दोषीलाई जनमुक्ति सेना नेपाल जस्तो जिम्मेवार संगठनले संरक्षण नदिएको स्पष्ट पारिएको छ ।
१२ बुंदे सहमती, बृहत शान्ति सम्झौता, अन्तरिम संविधान एवं हतियार तथा सेना अनुगमन सम्बन्धी सहमतिलाई अक्षरसः पालना गर्दै आएको राष्ट्र र जनताको पूर्ण दायीत्व बोकेको संस्था माथि लगाइने यस्ता झुठ्ठा वकबासहरुको जनसेनाले घोर निन्दा एवं भत्र्सना गरेको छ ।
घटनाको अन्त्यमा गएर सत्य तथ्य पत्ता लगाउनु भन्दा पूर्वा ग्रह र आक्रोशको अन्धोपना जनमुक्ति सेना माथि खन्याउने र आदेश पालक संस्था र त्यसका सदस्यहरुलाई उत्तेजित बनाउने दुष्प्रचार नगर्न विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।
‘आरोपहरु प्रमाणीत गरीयोस् होइन भने ठाडो चुनौती साथ त्यस्ता बकवासको खण्डन हामीले मात्र होइन आम नेपाली जनताले व्यवहारबाटै गर्ने छन्,’ विज्ञप्तिमा भनिएको छ ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “एमालेसँग जनमुक्ति सेना आक्रोशित”
Post a Comment