रासस
असार २८ - वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका १५ नेपाली बिचल्लीमा परेका छन्। काठमाडौँस्थित शिखर इन्टरनेसनल मेनपवार सर्भिसबाट गत हप्ता साउदी पुगेका नेपालीहरू कम्पनीले भनेको सेवा र सुविधा नपाएपछि बिचल्लीमा परेका हुन्।
आफूहरू समस्यामा परेपछि रोजगारमञ्चलाई टेलिफोनमार्फत जानकारी गराउँदै आफूहरूलाई तत्काल स्वदेश फर्काउन उनीहरूले अनुरोध गरेका छन्।
यसरी समस्यामा पर्नेहरूमा शिवबहादुर कार्की, ईश्वर भण्डारी, मुक्तबहादुर महत, बालकृष्ण पौडेल, लाक्पासिंह घिसिङ, टङ्कप्रसाद पौडेल, टेकबहादुर भुजेललगायतका १५ नेपाली छन्।
शिखर इन्टरनेसनलबाट साउदी जानुअघि उनीहरूलाई कम्पनीभित्रको मार्वलको काम र मासिक तलब साउदी रियाल एक हजार उपलब्ध गराउने सम्झौतापत्र दिएता पनि कम्पनीले बाहिरी जोखिमपूर्ण काम लगाउने र चार महिनासम्म कुनै तलब नपाउने भएपछि उनीहरु समस्यामा परेका हुन्।
मेनपावरलाई प्रतिव्यक्ति रु. एक लाखभन्दा बढी रकम बुझाएर गएका पीडित नेपालीहरूले मेनपावरले आफूहरूमाथि ठगी गरेकाले सम्बन्धित निकायलाई चासो लिइदिन आग्रह गरेका छन्।
यता मेनपावरका प्रबन्ध निर्देशक अनुराज प्रधानलाई सम्पर्क गर्दा मेनपावरलाई यो विषयमा जानकारी आइनसकेको तर कामदार काममा नगएको कारण समस्या आएको बताउँछन्।
समस्याको विषयमा पीडितहरूले श्रम विभागमा टेलिफोनमार्फत जानकारी गराइसकेको बताउँदै श्रम विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले भने, 'यो समस्याको बारेमा विभागमा लिखित उजुरी नपरेता पनि तत्काल अनुसन्धान थालिनेछ।'मेनपावरका सञ्चालक भने समस्याको समाधानभन्दा पनि कामदारको गल्ती देखाउँदै पन्छिन खोजिरहेका छन्।
Browse » Home » » रोजगारीका लागि साउदी पुगेका पन्ध्र नेपाली अलपत्र
रोजगारीका लागि साउदी पुगेका पन्ध्र नेपाली अलपत्र
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “रोजगारीका लागि साउदी पुगेका पन्ध्र नेपाली अलपत्र”
Post a Comment