Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

दालाही भित्रयाउन तान्ने चलन

तान्न परिवारै
छेटु शेर्पा
सङ्खुवासभा समाचारदाता
सङ्खुवासभा साउन ६ गते । जिल्लाको उत्तरी भोटखोला क्षेत्रमा बसोबास गर्ने भोटे जातिहरुमा छोराका लागि दुलाही भित्रयाउन परिवारै लागेर तान्ने चलन अझै कायम रहेको छ । नारीको आत्मनिर्णयको अधिकारलाई कुण्ठीत गरेको यस संस्कार अझै सम्म यो जातिमा कायमै रहेको हो ।
चीनको सीमावर्ति भोटखोला क्षेत्र किमाथाङ्का चेपुवा हटिया र पावोखोला गाविसमा बसोबास गर्ने भोटे जातिमा चिनियाँ संस्कार अनुसार छोराले मन पराएको युवतीलाई बलजस्ती तानेर लाने गरिन्छ । यहाँ अधिकांश बिवाह प्रेम परम्परागत नभएर एक तान्त्रिक रुपमा भएका छन् । यस क्षेत्रमा बसोबास गर्ने करिव २५ हजार बढी भोटे जातिमा छोराको बिबाहको उमेर पुगे पछि छोराले मन पराएको युवती तान्न परिवारनै जाने गर्दछन् । यो चलन वर्षौदेखि कायम भएको भोटे जातिका अगुवाहरु बताउछन् । केटीको परिवार र केटी स्वयंको विना स्वीकृति मेलापात बजार हाट या कुनैपनि स्थानबाट केटी तानेर घर भित्र्याउने गरिन्छ ।
समाज परिर्वतनसँगै पढेलेखेका युवाले यो चलन छोड्दै गएपनि अधिकांश परिवार र गाउँमा अझै तानेरै बिवाह गरिन्छ । यी गाविसमा झण्डैं ८० प्रतिशतले यसरी नै बिवाह गरेका छन् । केटा पक्षबाट बुवा आमा दिदीभाइ काका बढाबासमेतले गाउँमा मनपरेकी केटीलाई तानेर घरमा ल्याउछन् । केटीलाई तानिएको विषयमा जानकारी हुन्न । केटीहरुले केटाको घरमा पुर् याएपछि मात्र थाहा हुन्छ ।
तानिएपछि फर्कदा इज्जत जाने भन्दै केटीहरु तानिएका केटासँगै बस्छन् । यो क्षेत्रमा एक केटाले तानेको केटी अर्काले बिवाह गर्न मान्दैन । चाहे शारीरिक सम्बन्ध भए नभए पनि बिवाह भई सकेको भन्दै तानिएका केटीहरु घरमै बस्नु पर्ने बाध्यता हुन्छ । शिक्षितहरुको संख्या न्युन रहेको छ यो भोटखोला क्षेत्रमा त्यसैले अझै पनि यस्ता प्रचिन चलनलाई कायमै राखेका छन् ।
अचम्म यो पनि छ यहाँ केटाले तानेर ल्याएपछि केटी माइत गएपनि केटाले पर्खेर बस्ने गर्छन् । पर्खन नसक्ने र दोस्रो बिबाह गरेमा बिबाहको क्षतिपूर्ति तिर्नुपर्छ । बिबाह गर्दा लागेको खर्च केटाले दोस्रो बिबाह गरेमा केटीलाई ुघस्योु तिर्नु पर्ने र केटीले अर्काे केटासँग बिवाह गरेमा ुफोच्योु केटालाई तिर्नु पर्ने हुन्छ । घस्यो र फोच्यो समाजको सहमतिमा तिराउने गरेको हटियाका अगुवा वाङदाबी भोटेले बताउनुहुन्छ ।
१० बर्ष अघि चेपुवा- २ का २८ वर्षी्रय जेनजेन भोटेले हटिया- ३ कि २५ वर्षीया डेमा भोटेलाई जर्वरजस्ति तानेर बिबाह गरेका थिए । बिबाहपछि डेमा माइतमा बस्दै आएकी थिइन् । यसै वर्षदेखि उहाँ जेनजेनको घर गएकी छिन् । यो समाजमा १२ देखि ४० बर्षसम्मका केटी तान्ने प्रचलन छ । चेपुवा- १ का गेचाप लामा हटिया-२ का पिन्डुक लामा चेपुवा-२ का रिन्जीनदावा भोटे र हटिया-२ का दावासाङमु भेच्याबा जर्वरजस्ति तानेर बिवाह गरेका हुन् । तानातान गरेको बिवाहमा केटा र केटी पक्षबीच झगडा नै हुने गर्छ । झगडाका कारण केही छुटेका पनि उदाहारण छन् । चेपुवा- २ का ढिचिक भोटे परिवारको समर्थनमा केटा पक्षसँग झगडा गरेर छुट्टिइन् । उहाँ खाँदबारीको हिमालय क्याम्पसमा कक्षा १२ मा अध्यनरत हुनुहुन्छ ।
चेपुवा- २ का १२ वर्षीया मिक्मारिजेक भोटेलाई हटिया-३ का १९ वर्षीय थुनाङ्ग भोटेले तानेर बिवाह गर्नुभयो । मिक्मारिजेक भने आफ्नै घरमा बसेकी र केही बर्षपछिमात्र घरजम गर्ने बताउनुहुन्छ । थुनाङले ४ बर्षअघि मिक्मारिजेकलाई तानेका हुन् ।
सिङसा कल्याण केन्द्रले यो प्रथा अन्यका लागि पहल गर्ने जनाएको छ । ुआत्मनिर्णय र नारी अधिकारको हनन्ु भएको बताउँदै सिङसा कल्याण केन्द्रका सचिब छेजाव ल्होमी जर्वजस्ति तान्ने प्रथा अन्त्य गर्न कार्यक्रम नै ल्याउन लागेको बताउनुहुन्छ । यस अधिकारवादी संस्थाहरुले भने कुनै चासो देखाएको छैन ।

Comments :

0 comments to “दालाही भित्रयाउन तान्ने चलन”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger