Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

आवाजमा अब्बल

हाम्रो संखुवासभा समाचारदाता
नेपाली संगीतको बजार बिस्तारै फराकिलो हुँदै गएपछि यस क्षेत्रमा लाग्नेको संख्या पनि ह्वात्तै बढेको छ । संख्यात्मक रूपमा हेर्ने हो भने गायक-गायिकाको जमात ठूलै देखिन्छ । तर, राम्रो गायन शिल्पी भने औँलामै सीमित छन् । यही जमातमा पर्छिन् गायिका पार्वती राई पनि । डेढ दशकअघि संगीतमै भविष्य अज्माउने अठोट लिएर खोटाङबाट काठमाडौं छिरेकी पार्वती अहिले थोरै, तर राम्रो गीत गाउने गायिकाका रूपमा चिनिन्छन् । पूर्वी नेपालका लोकगीतबाट संगीतमा स्थापित बनेकी पार्वतीका खोटाङ हलेसी, यो मनको तिर्सना, मेरो देवता बोलका गीत पूर्वमा अत्यन्त चर्चित छन् । ०५२ मा रेडियो नेपालमा गीत रेकर्ड गरेर औपचारिक रूपमा गायन यात्रा सुरु गरेकी थिइन् उनले । त्यसो त उनी स्कुलमा छँदा पनि राम्रो गीत गाउँथिन् । 'स्कुल पढ्दा पनि राम्रो गाउँथे तथा गाउन सक्छु भन्ने आत्मविश्वास पनि थियो,' उनले भनिन्, 'संगीतमै लागेर भविष्य बनाउँछु भनेर राजधानी छिरेकी हुँ ।' संगीत क्षेत्रमा गला र कला भए स्थापित हुन कठिन नहुने उनको अनुभव छ । तर, केबल विनाकला र गला गायिका बन्ने रहरले मात्रै संगीत क्षेत्रमा आए टिक्न गाह्रो हुने उनी बताउँछिन् । 'मलाई धेरैभन्दा पनि राम्रो गाउने रहर छ,' उनले सुनाइन्, 'स्थापित हुन धेरै गाउनु पर्दैन, राम्रो गाए पुग्छ ।'खोटाङ हलेसी, तिर्सना र मेरो देवता गरी उनका तीनवटा एकल एल्बम बजारमा आइसकेको छ । फेरि उनको नयाँ एकल एल्बम सँगसँगै बजारमा आउन लागेको छ । लोक-आधुनिक क्षेत्रबाटै संगीतमा स्थापित बनेकी पार्वतीले नयाँ एल्बममा पनि लोक-आधुनिक गीत नै समावेश गरेकी छिन् । आफ्नो नयाँ एल्बममा पूर्वी नेपालमा प्रचलित लोकभाका र केही आधुनिक गीत रहेको उनले बताइन् । उनी हङकङ, बेलायत, कतार, मलेसियालगायत एक दर्जन बढी मुलुकमा गीत गाउन पुगेकी छिन् । नेपाली संगीतको बजार बिस्तारै अन्तर्राष्ट्रियकरण हुँदै गएको उनको दाबी छ । 'देश-विदेशमा नेपाली समुदाय जति फैलिँदै छ । नेपाली संगीतको बजार पनि उत्तिकै फैलिरहेको छ,' उनी भन्छिन्, 'नेपालका लोकभाका विश्व संगीत बजारमा बेच्नुपर्छ ।' लोक-संगीतमा नेपाल अत्यन्तै धनी भए पनि अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्न नसकिएको उनको गुनासो छ ।
लोकभाकाबाहेक मातृभाषा र जनवादी गीतमा पनि उनले आवाज दिएकी छिन् । उनले एक दर्जन किराती गीत र आधा दर्जन बढी जनवादी गीतमा आवाज दिएकी छिन् । अझै जनवादी र माृतभाषाका गीतहरूमा आवाज दिने योजना रहेको उनले बताइन् । 'समाज परिवर्तनमा संगीतको पनि महत्त्वपूर्ण भूमिका रहन्छ,' उनले आफ्नो योजना सुनाइन्, 'समाज परिवर्तनका गीत गाउने रहर छ ।

Comments :

0 comments to “आवाजमा अब्बल”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger