छेटु शेर्पा
सङ्खुवासभा समाचारदाता
सङ्खुवासभा साउन ६ गते । सङ्खुवासभा र भोजपुरका उत्तरी गाविसका किसानहरुले बाँदर भगाउने जातको घाँसको विरुवा उपलब्ध गराउन कृषि विकास कार्यालयसँग माग गरेका छन् ।
किसानहरुले मोलासेस घाँस खेत बारीमा लगाउँदा बाँदर भाग्ने गरेको बताउँदै उक्त जातको घाँसका विरुवा उपलब्ध गराउन माग गरेका हुन् । बाँदरले खेतबारीमा लगाएको अन्न तथा फलफुलमा बर्षौदेखि क्षती पुर् याउँदै आएकाले सुरक्षाका लागि यो जैविक प्रविधि अपनाउन घाँसको माग गरेको उहाँहरु बताउछन् ।
मोलासेसबाट बाँदरलाई मन नपर्ने विशेष खालको गन्ध आउने त्यसको झुसले बाँदरको रौं झर्ने शरीरमा घाउ आउने भएकाले यो जातको घाँस भएको ठाउँमा बाँदर नजाने किसानहरु एक कृषकले बताए । सङ्खुवासभा जलजलाका कृष्ण राई यस्तो घाँस लगाए बाँदरबाट खेति जोगाउन सहयोग पुग्छ नत्र दैनिक एक जना खेतिमा बाँदरको गोठालो बस्नु पर्ने बाध्यता रहेको बताउनुहुन्छ । उता भोजपुरको उत्तरी गाविसहरु केऊरेनीपानी तुङ्गेछा मुलपानी नेपालेडाँडा कुलुङ लगायतका किसानले मोलासेसको बीऊ उपलब्ध गराउन माग गरेको इलाका कृषि विकास कार्यालय दिङ्लाले जानकारी दिएको छ ।
पर्वतमा बाँदर धपाउन मोलासस सफल परीक्षण भइसेको र सङ्खुवसासभा र दिङ्ला क्षेत्रका किसानको माग जिल्ला कृषि विकास कार्यालय मार्फत केन्द्रमा पठाइ सकिएको कार्यालयले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “बाँदर भगाउने जातका घाँसको माग”
Post a Comment