Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

लोक गायक राजु परियार पक्राउ

हाम्रो संखुवासभा समाचारदाता
साउन ७- मदिरा सेवन गरी पसल तोडफोड गरेको अभियोगमा लोक गायक राजु परियार पक्राउ परेका छन्। बिहीबार बेलुका नयाँ बसपार्कमा रहेको पसल तोडफोड गरेको तथा पक्राउ गर्न गएका प्रहरीमाथि हातपात गरी भ्यान तोडफोड गरेको अभियोगमा महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेले उनलाई पक्राउ गरेको हो।परियार सहित तीन महिलालाई समेत प्रहरीले पक्रेको छ। युवतीको विषयमा विवाद हुँदा गायक परियारले पसल तोडफोड गरेका थिए। तोफोड गरिएको पसल परियारकी प्रेमिकाकी साथीको हो। प्रहरीका अनुसार पसलतोडफोड गर्न थालेपछि स्थानयीबासी भेला भएर परियारलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि परियार पक्राउ गर्न खटिएको सोह्रखुट्टे प्रभागका प्रहरीलाई उल्टै कुटपिट गरी प्रहरीभ्यान तोडफोड गरेपछि प्रहरीले थप बल लगाएर उनलाई पक्राउ गरेको थियो।गायक परियार र तीन महिला महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।परियारका छिन छिन चुराले, कहिले भनेर, भन्नै गाह्रो भो गीत लोकप्रिय छन्।

Comments :

0 comments to “लोक गायक राजु परियार पक्राउ”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger